लाभांश पारित गर्न एभरेष्ट बैंकले आहृवान गर्‍यो साधारणसभा

८ असोज, काठमाडौं । एभरेष्ट बैंकले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा आहृवान गरेको छ । बैंकले ३० असोजमा काठमाडौंको लैनचौर व्यांक्वेटमा २९औं वार्षिक साधारणसभा आहृवान गरेको हो । बैंकको साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोन सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत गरी १०.५३ प्रतिशत नगद लाभांश पेस गरी पारित हुनेछ । […]

सम्बन्धित सामग्री

एभरेष्ट बैंकको साधारण सभा भोलि, २०.५३ प्रतिशत लाभांश पारित गर्ने !

काठमाडौैं । एभरेष्ट बैंक लिमिटेडले भोलि (मंगलवार) २० दशमलव ५३ प्रतिशत लाभांश पारित गर्ने भएको छ । बैंकले लाभांशलगायत अन्य विभिन्न प्रस्ताव पारितका लागि भोलि २९औं वार्षिक साधारण सभा गर्न लागेको हो ।  सभा काठमाडौं, लैनचौरस्थित लैनचौर व्यांक्वेटमा उक्त दिन बिहान ११ बजे शुरु हुनेछ । सभामा गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारितका लागि पेस गरिनेछन् । साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभामा टुङ्ग्याइनेछ । बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल बैंकको चुक्ता पूँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ छ । बोनस शेयर वितरणपछि बैंकको पूँजी वृद्धि हुने भएकाले सोहीबमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि बैंकले असोज १६ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज १५ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  दशैंअघि नै शेयरधनीहरूलाई खर्च वितरण गर्ने गरी बैंकले लाभांश पारित गर्न लागेको हो । यस बैंकले गत वर्ष १३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ७ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष भने बैंकले नगद लाभांशमा जोड दिएको देखिन्छ ।

यी चार कम्पनीका शेयरधनीलाई दशैंअघि लाभांश !

काठमाडौं । चालू आर्थिक वर्षको दुई महीनाभन्दा बढी समय बित्दा पनि हालसम्म ७ कम्पनीले मात्रै लाभांश प्रस्ताव गरेका छन् । गत आर्थिक वर्ष ०७९/८० सम्मको मुनाफाबाट पाँचओटा वाणिज्य बैंक र एक-एकओटा लघुवित्त कम्पनी र  होटल्स कम्पनीले लाभांश प्रस्ताव गरेका छन्, जसमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, एनआईसी एशिया बैंक, ओरियण्टल होटल्स र युनिक नेपाल लघुवित्त वित्तीय संस्था छन् ।  यी कम्पनीहरूमध्ये माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, एनआईसी एशिया बैंक र ओरियण्ट होटल्सले दशैंअघि नै साधारण सभा आयोजना गरेका छन् । यस आधारमा यी चार कम्पनीका शेयरधनीले दशैंअघि नै लाभांश पाउनेछन् ।  एभरेष्ट बैंक, सानिमा बैंक र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले भने हालसम्म साधारण सभाको सूचना सार्वजनिक गरेका छैनन् ।  यस वर्ष वाणिज्य बैंकमध्ये माछापुच्छ्रे बैंकले कुल १४ प्रतिशत, एभरेष्ट बैंकले २० दशमलव ५३ प्रतिशत, सानिमा बैंकले १४ दशमलव ७० प्रतिशत, सिटिजन्स बैंक इन्टरनेशलले ५ दशमलव ७९ प्रतिशत र एनआईसी एशिया बैंकले ३० दशमलव ५३ प्रतिशत लाभांश दिन लागेका छन् । त्यस्तै ओरियण्टल होटल्सले ५ दशलमव २६ प्रतिशत नगद लाभांश (करसहित) र युनिक नेपाल लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । युनिक नेपाल लघुवित्तले भने कति बोनस र नगद भन्नेबारे सूचनामा उल्लेख गरेको छैन ।  माछापुच्छ्रे बैंकको कुल लाभांशमध्ये १३ दशमलव ३० प्रतिशत बोनस शेयर छ भने कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश छ । त्यस्तै, एभरेष्ट बैंकको १० प्रतिशत बोनस र कर प्रयोजन समेतका लागि १० दशमलव ५३ प्रतिशत नगद, सानिमा बैंकको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ दशमलव ७० प्रतिशत नगद लाभांश  छ ।  सिटिजन्स बैंकले भने यस वर्ष कर समेत ५ दशमलव ७९ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । अघिल्ला दुई आर्थिक वर्ष लाभांश वितरणमा नेपाल राष्ट्र बैंकले रोक लगाएको एनआईसी एशिया बैंकले भने २९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।  गत आर्थिक वर्ष लाभांश वितरण नगरेको माछापुच्छ्रे बैंकले भने यस वर्ष वाणिज्य बैंकहरूमध्ये सबैभन्दा पहिले लाभांश पारित गर्न लागेको छ । बैंकले असोज १८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले साधारण सभा प्रयोजनको लागि भोलि (असोज ८ गते) बुक क्लोज गर्ने भएको छ । यस आधारमा आजसम्म कायम शेयरधनीहरूले साधारण सभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  योबाहेक अन्य तीन कम्पनीले पनि दशैंअघि नै वार्षिक साधारण सभा गर्ने तयारी गरेका छन् । एनआईसी एशिया बैंकले असोज २८ गते साधारण सभा आयोजना गरेको छ । यस बैंकले असोज १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा असोज १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । त्यस्तै, सिटिजन्स बैंकले असोज २६ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज १५ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा असोज १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  त्यसैगरी, ओरियण्टल होटल्सले लाभांश पारितका लागि असोज २५ गते साधारण सभा बोलाएको छ । होटल्सले साधारण सभा प्रयोजनको लागि असोज १२ देखि २५ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा असोज ११ गतेसम्म कायम शेयरधनीहरू साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

एभरेष्ट बैंकको लाभांश पारित

एभरेष्ट बैंक लिमिटेडले सेयरधनीका लागि प्रस्ताव गरेको २० दशमलव ६८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २८औँ वार्षिक साधारणसभाले आव ०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र सात...

एभरेष्ट बैंकको २० प्रतिशत लाभांश पारित

एभरेष्ट बैंक लिमिटेडले २८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/०७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ । साधारण सभाले सेयरधनीहरुलाई आब २०७८/०७९ का लागि १३ प्रतिशत बोनस सेयर र […]

एभरेष्ट बैंकको १०.३२ प्रतिशत लाभांश पारित

एभरेष्ट बैंक लिमिटेडले सेयरधनीका लागि प्रस्ताव गरेको १०.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । भर्चुअल माध्यमबाट गरिएको बैंकको २७औँ वार्षिक साधारणसभाले ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत...

एभरेष्ट बैंकको साधारणसभा : सेयरधनीलाई प्रस्तावित १०.३२ प्रतिशत लाभांश पारित

एभरेष्ट बैंक लिमिटेडको २७ औं वार्षिक साधारणसभाले सेयरधनीका लागि प्रस्तावित १०.३२ प्रतिशत लाभांश पारित गरेको छ । आर्थिक वर्ष २०७७/०७८ का लागि ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव साधारणसभाले पारित गरेको सो बैंकले जनाएको छ ।भर्चुअल माध्यमबाट सम्पन्न साधारण(सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७÷०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदनसमेत पारित गरे