लेखापरिक्षकको नियुक्तीको प्रस्ताव पारित गर्दै बेष्ट फाइनान्सको साधारणसभा सम्पन्न

काठमाडौं, ६ चैत्र । आर्थिक वर्ष २०७८/२०७९ का लागि लेखापरिक्षकको नियूक्तीको प्रस्ताव पारित गर्दै बेष्ट फाइनान्सको २५औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका संचालक समितिका अध्यक्ष खिमलाल पौडेलको सभापतित्वमा नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादीमा सभा सम्पन्न भएको हो । सभाले कम्पनीको आव २०७७÷०७८ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष […]

सम्बन्धित सामग्री

बेष्ट फाइनान्सको २६औं वार्षिक साधारण सभा

बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २६ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । उक्त साधारण सभाको उद्घाटन सञ्चालक समितिका अध्यक्ष खिमलाल पौडेलले गरेका थिए । सभाले आ.व.२०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ । आ.व.२०७९/०८० का लागि वाह्य लेखापरीक्षकको नियुक्तिको प्रस्ताव पारित गरेको छ । साधारण सभामा शेयरधनी महानुभावहरुले […]

बेष्ट फाइनान्सले बोलायो साधारण सभा, के- के छन् प्रस्ताव ?

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले वैशाख २९ गते २६औं वार्षिक साधारण सभा गर्ने भएको छ । वैशाख ४ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहानको ११ बजे शुरू गर्ने जानकारी दिएको हो । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै चालू आव २०७९/८० को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यस्तै सभाले यस कम्पनीले भविष्यमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी सम्पूणर् कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि वैशाख १२ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा वैशाख ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

बेष्ट फाइनान्सको २५औं वार्षिक साधारणसभा

बेष्ट फाइनान्स कम्पनीको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सभाले आर्थिक वर्ष २०७७-०७८ को सञ्चालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ । साथै आव २०७८-०७९का लागि लेखापरीक्षक नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ ।सभामा सेयरधनीका जिज्ञासाको जवाफ अध्यक्ष पौडेलले दिएका थिए । संस्थाको भावी योजना सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले […]

बेष्ट फाइनान्सको साधारणसभा आह्वान, लाभांश नदिने

बेष्ट फाइनान्स Best Finance Company ले साधारणसभा आह्वान गरेको छ। कम्पनीको फागुन ११ गते बसेको संचालक समितिको बैठकले चैत्र ४ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा गर्ने भएको हो । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव ': (क) सामान्य प्रस्ताव१. यस बेष्ट फाइनान्स कम्पनी लि. को आ. ब. २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने । २. लेखापरिक्षकको प्रतिवेदन सहितको आ.ब.२०७७/०७८ को बार्षिक वित्तीय विवरण (२०७७ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब लगायत बार्षिक वित्तीय विवरणसंग सम्बन्धित अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने । ३. लेखापरिक्षण समितिको सिफारिस बमोजिम आ.ब.२०७८/०७९ को लागि बाह्य लेखापरिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (ख) विशेष प्रस्ताव१. यस बित्तीय संस्थाले भबिष्यमा अन्य उपयुक्त बैंक तथा बित्तीय संस्थासंग एक आपसमा गाभ्ने / गाभिने (Merger) तथा प्राप्ति (Acquisition) गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पति र दायित्व मुल्यांकन (Due Diligence Audit) गर्नको लागि मान्यता प्राप्त मुल्यांकन कर्ता नियुक्त गर्न, निजको पारिश्रमीक तोक्न लगायत मर्जर सम्बन्धि अन्य आवश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने । (ग) बिबिध

बेष्ट फाइनान्सको २४औं वार्षिक साधारण सभा सम्पन्न

भादौ ३०, काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २४औं वार्षिक साधारण सभा आज (बुधवार) सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।  साधारण सभाले आर्थिक वर्ष २०७६//७७ को वित्तीय विवरण पारित गर्नुका साथै कम्पनीलाई अन्य उपयुक्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने तथा एक्विजिशन गर्ने कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।  साथै, उक्त सभाले संस्थापक शेयरधनी तर्फको सञ्चालकमा लक्ष्मी श्रेष्ठ, राम चन्द्र देवकोटा, रामकृष्ण चौलागाई र सुधिर ज्ञवाली तथा सर्वसाधारण शेयरधनी तर्फको सञ्चालकमा राम श्रेष्ठ र खिमलाल पौड्याललाई नियुक्त गरेको छ ।

बेष्ट फाइनान्सको साधारणसभा सम्पन्न, मर्जरको अख्तियारी दिने प्रस्ताव पारित

बेष्ट फाइनान्स Best Finance Company को २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । फाइनान्सले आज भाद्र ३० गते फाइनान्सको केन्द्रीय कार्यालय कमलादी काठमाण्डौमा भर्चुअल माध्यमबाट वार्षिक साधारण सभा सम्पन्न गरेको हो । फाइनान्सको आज सम्पन्न साधारण सभाले आ.व २०७६÷७७ को वित्तीय विवरण पारित गर्नुका साथै संस्थालाई अन्य उपयुक्त वित्तीय संस्थासँग गाभ्ने÷गाभिने तथा एक्विजिनस गर्ने कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ । फाइनान्सको यस साधारण सभाबाट संस्थापक शेयरधनी तर्फको संचालकमा लक्ष्मी श्रेष्ठ, राम चन्द्र देवकोटा, रामकृष्ण चौलागाई र सुधिर ज्ञवाली तथा सर्वसाधारण शेयरधनी तर्फको संचालकमा राम श्रेष्ठ र खिमलाल पोड्याल नियुक्त भएका छन् । कमलादी काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको फाइनान्स कम्पनीको चुक्ता पुँजी ८२.८९ करोड रहेको छ । हाल फाइनान्स कम्पनीले  १४ वटा शाखाबाट  सेवा प्रदान गरिरहेको छ ।

बेष्ट फाइनान्सको स्थगित साधारण सभा बुधवार हुँदै

भदौ २९, काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले बुधवार (भदौ ३० गते) २४ औं वार्षिक साधारण सभा गर्ने भएको छ ।  कम्पनीको साउन २८ गतेको सञ्चालक समितिको बैठकले संस्थाको केन्द्रिय कार्यालय, कमलादी , काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।  यस अघि कम्पनीले गत वैशाख ३१ गते यो सभा आव्हान गरेको थियो । सो समयमा कोभिडका कारण सरकारले निषेधाज्ञा जारी गरेका कारण सभा स्थगित भएको थियो ।  सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृया अघि बढाउने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।  सभाले संस्थापक र सर्वसाधारण तर्फबाट सञ्चालक निर्वाचनको गर्ने कार्यक्रम समेत रहेको छ । विभिन्न प्रस्ताव सहित आव्हान गरिएको सभा प्रयोजनका लागि कम्पनीले भदौ ८ गते (एक दिन) बुक क्लोज गरेको छ ।

बेष्ट फाइनान्सको २४औं वार्षिक साधारण सभा वैशाख ३१ गते

वैशाख १०, काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले २४औं वार्षिक साधारण सभा वैशाख ३१ गते बोलाएको छ । कम्पनीले आफ्नै प्रधान कार्यालय, कमलादी, काठमाडौंमा बिहान ११ बजेका लागि साधारण सभा बोलाएको हो ।  साधारण सभाको विशेष प्रस्तावमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।  त्यस्तै, सभाले सञ्चालक समितिबाट संस्थापक शेयरधनीको तर्फबाट मनोनित महिला सञ्चालक नियुक्तिको अनुमोदन गर्ने र नयाँ कार्यसमितिको लागि संस्थापक तथा सर्वसाधारण समूहको सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजको लागि कम्पनीले वैशाख १९ गते (एक दिन) लागि बुकक्लोज गर्ने भएको छ ।