सिटिजन लाइफले आईपीओ ल्याउने, प्रस्ताव पारित गराउन बोइलायो साधारणसभा

सिटिजन लाइफ इन्सुरेन्सले आईपीओ प्रस्ताव पारित गराउन फागुन २ मा साधारणसभा बोलाएको छ । सो सभामा कम्पनीले आईपीओ जारी गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ । सिटिजन्सको जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । साथै, आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा समेत रहेको छ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । &n

सम्बन्धित सामग्री

६ बीमा कम्पनीले गरे लाभांश घोषणा

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत बीमा कम्पनीहरूले लाभांश घोषणा गर्न थालेका छन् । सूचीकृत जीवन र निर्जीवन बीमा गरी कुल २४ कम्पनीमध्ये हालसम्म ६ बीमा कम्पनीले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका हुन् । बैंक, वित्तीय कम्पनीहरूको तुलनामा बीमा कम्पनीहरूले ढिला लाभांश घोषणा गर्ने गरेका छन् । लाभांश घोषणा गरेका ६ कम्पनीहरूमध्ये २ जीवन बीमा र अरू निर्जीवन बीमा कम्पनी रहेका छन् ।  जीवन बीमा कम्पनीहरूको बीमाङ्कीय मूल्याङ्कन (एक्चुरीयल भ्यालुएशन) को कार्य ढिला हुने भएकाले बोनसदर, लाभांश घोषणा र साधारणसभा प्रक्रिया १ वर्ष ढिलो हुने गर्छ । लाभांश घोषणा गर्नेमा रिलायबल नेपाल लाइफ, हिमालयन एभरेष्ट इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीमध्ये नेपाल इन्स्योरेन्स कम्पनीले साधारणसभाबाट लाभांश पारित गरिसकेको छ । गतवर्षको तुलनामा यस वर्ष कम्पनीको लाभांशदर बढेको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश दिएको थियो भने गत आवको मुनाफाबाट यस वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।  त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि गतवर्षको तुलनामा यस वर्ष लाभांशदर बढाएको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट कुल २ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १४ प्रतिशत नगद लाभांश वितरण गरेकोमा गत आवको मुनाफाबाट ८ दशमलव ६३ प्रतिशत बोनस शेयर र करसहित ६ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ २५ गते साधारणसभा बोलाएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको लाभांश भने गतवर्षको तुलनामा यस वर्ष घटेको छ । अघिल्लो आवको मुनाफाबाट कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश दिएकोमा गत आवको मुनाफाबाट ५ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत आवको लाभांश प्रस्ताव पारित गर्नका लागि कम्पनीले फागुन ३ गते साधारणसभा बोलाएको छ ।  सिटिजन लाइफ र रिलायबल नेपाल लाइफले भने पहिलोपटक लाभांश वितरण गर्न लागेका हुन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ २९ मा साधारणसभा बोलाएको छ ।  सिटिजन लाइफ इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ १४ गते साधारणसभा बोलाएको छ ।  युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकआपसमा मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट कारोबार शुरू गरेका छन् । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले भने गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जानकारी दिएको छ । गत आवमा आर्थिक मन्दीका कारण कम्पनीहरूको नाफा प्रभावित भएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको छैटौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको छैटौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । आर्थिक वर्ष २०७८/७९ को वासलात, हिसाब, नाफा नोक्सान आयव्यय, इक्युटीमा भएको परिवर्तनसम्बन्धी विवरण तथा नगद प्रवाह विवरण समेत छलफलपश्चात् पारित गरिएको छ । साथै कोरोनाको रोकथाम तथा प्रभावितको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोषमा कम्पनीका तर्फबाट प्रदान गरिएको ७ लाख रुपैयाँ कम्पनी ऐन २०६३ बमोजिम अनुमोदन गर्ने लगायतका प्रस्ताव सभाले पारित गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभा ११ चैतमा

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारणसभा गर्न लागेको छ । कम्पनीको १३ फागुन ११ मा बसेको सञ्चालक समितिको बैठकले ११ चैतमा साधारणसभा बोलाएको छ ।कम्पनीको साधारणसभाले सर्वसाधारणका लागि सेयर सार्वजनिक गर्ने प्रस्ताव समेत पेस गर्न लागेको जनाएको छ । साधारणसभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी प्रस्ताव पारित गर्ने […]

सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान , आईपिओ निष्काशन प्रस्ताव पेश हुने

सिटिजन्स लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ।कम्पा नीले चैत्र ११ गते काठमाडौँको ठमेल स्थित अलोफ्ट होटेलमा सभा आह्वान गरेको हो ।सभामा आईपिओ निष्काशन गर्ने सहितका विविध प्रस्तवा पेश हुने छन् । कम्पनीले हालसम्म आईपिओ निष्काशन गरेको छैन । कम्पनीले ७५ करोड बराबरको ७५ लाख कित्ताको शेयर निष्काशन गर्ने तयारी गरेको छ । अधिकृत पुँजी ३०० करोड रहेको कम्पनीमा संस्थापक शेयरधनीबाट १७५ करोड चुक्ता भइसकेको छ। आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५० करोड पुग्ने छ । कम्पनीले शेयर निष्काशनको लागि एनआइबीएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरिसकेको छ ।यस्ता छन् कम्पनीको सभामा पेश प्रस्ताव: सामान्य प्रस्तावः १. अध्यक्षज्यूको मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने बारे। २. लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, इक्युटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने बारे । ३. कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को लागि कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने बारे । ४. सञ्चालक समितिको बैठक भत्ता तथा सुविधा बारे।५. सर्वसाधारण शेयर सार्वजनिक निष्कासन गर्ने बारे। (ख) विशेष प्रस्तावः १. कम्पनीको नियमावलीको नियम २७, २९ र ३१ मा आवश्यक संशोधन गर्ने र सो संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समावेश गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने बारे । २. कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित Corona Relief and Prevention Fund मा कम्पनीका तर्फबाट गरिएको योग्दान/आर्थिक सहायता वापतको रकम रु. ७५००००/ (अक्षेरुपी सात लाख पचास हजार मात्र) कम्पनी ऐन २०६३ को दफा १०५ (१) (ग) बमोजिम अनुमोदन गर्ने बारे। (ग) विविध।