महालक्ष्मी विकास बैंकको बीसौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाले बैंकका सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । साधारणसभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल र पारित भएको छ । लेखा परीक्षकले तयार पारेको प्रतिवदेन, २०७८ असार मसान्तसम्मको वासलात, गत आर्थिक वर्षको नाफा–नोक्सानको हिसाब तथा नगद प्रवाह वितरणलगायत एकीकृत वित्तीय विवरणहर