वित्त तथा आर्थिक क्षेत्रसँग सम्बन्धित प्रचलित शब्दावलीहरू र तिनको विस्तृत अर्थलाई समेटेर तयार परिएको पुस्तक अर्थ, वित्तीय शब्दकोश बजारमा आएको छ । पुस्तकका लेखक ऋषिलाल श्रेष्ठ हुन् भने प्रकाशक मिथिला श्रेष्ठ । नेपालका साथै जापन, फ्रान्स, फिलिपिन्स भारतलगायतका देशका वित्त र व्यवस्थापन विषयमा गरेका अध्ययन तथा यस क्षेत्रमा हासिल गरेको लामो अनुभवलाई लेखक श्रेष्ठले पुस्तकमा प्रस्तुत गरेका छन् । ३९८ पृष्ठको यो पुस्तक वित्त, अर्थ पुँजी बजारलगायतका क्षेत्रसँग सम्बन्धित शब्दहरूलाई समेटेर नेपाली भाषमा लेखिएको पुुस्तकको अभावलाई यस पुस्तकले केही हदसम्म पूरा गर्ने विश्वास लिन सकिन्छ ।
वैदेशिक रोजगागरमा जान पाउने मुलुक १ सय ८
श्रम मन्त्रालयले नेपाली कामदारका लागि दक्षिण अफ्रिकी मुलुक युगान्डा खुला गरेको छ । यीसहित नोपली कामदार पठाउने मुलुकको संख्या १ सय ८ पुगेको छ । युगान्डामा हाल दक्ष एकाउन्टेन्ट तथा चार्टर्ड एकाउन्टेन्ट माग भएको श्रम विभागले बताएको छ ।
युगान्डामा कामदार पठाउन आशिष विजय म्यानपावर कम्पनीले स्वीकृति पाएको छ । युगान्डाबाट सय जनाभन्दा बढीको आवेदन आएमा प्रक्रिया तुरुन्त अगाडि बढाइने कम्पनीले जानकारी दिएको छ । माग भएका कामदारहरूको संख्या अझै नतोकिएको कम्पनीले बताएको छ । वैदेशिक रोजगारीमा जानेहरूको संख्या चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा गत आवको सोही अवधिभन्दा करिब २५ हजार बढेको विभागले बताएको छ । चालू आवको सो अवधिमा संस्थागत र व्यक्तिगत गरी २ लाख ३१ हजार ९ सय ९४ लाई श्रम विभागले अन्तिम स्वीकृति दिएको थियो । सोही अवधिमा गत आवमा यो संख्या १ लाख ८५हजार २ सय ६३ रहेको थियो ।
अंक ३८, २०६७, जेठ १०–१६