अब्बल शब्दकोश

नेपाली भाषाको विकास संस्कृतबाट प्राकृत हुँदै भएकाले नेपाली भाषामा संस्कृत मूलका तत्सम शब्दहरू धेरै रहेका छन् । तथापि नेपाली भाषा संस्कृतबाट रूप परिवर्तन भएर आएका, झर्रा तथा संस्कृतइतर भाषाबाट प्रयोगमा ल्याइएका भाषाका शब्दहरूबाट नेपाली भाषा अरू समृद्ध छ । भाषा मानवीय आवश्यकताको परिवर्तनशील वस्तु हो । त्यसैले भाषालाई जीवन्त पनि बनाउँछ । त्यस्तो जीवनको इतिहास खोज्दै जाँदा शब्दका उद्गम भाषासम्म पुग्नुपर्ने हुन्छ । त्यसका लागि प्रयोग हुने विभिन्न साधनमध्ये शब्दकोश एउटा हो । नेपाली भाषाको शब्दकोश परम्परामा बेलायती कोशकार राल्फ लिले टर्नरको योगदान अविस्मरणीय रहेको छ । नेपाली भाषाको तुलनात्मक तथा व्युत्पत्तिमूलक शब्दकोश (सन् १९३१) नेपाली भाषाको पहिलो शब्दकोश हो । राल्फ लिली टर्नरको उक्त शब्दकोश नेपाली शब्दकोश परम्पराको महìवपूर्ण ग्रन्थ र कोशवैज्ञानिक दृष्टिले समेत उच्च कोश मानिन्छ । यसमा नेपाली भाषामा प्रयुक्त शब्दहरूको स्रोतगत व्युत्पादन देखाइएको छ । त्यसपछिका शब्दकोश परम्पराले पनि संस्कृतबाट आएका तत्सम, संस्कृतबाट रूप परिवर्तन हुँदै आएका तद्भव र संस्कृतइतर भाषाबाट आएकालाई आगन्तुक मानेर शब्दको स्रोत केलाएका छन् ।