साझा प्रकाशनले ल्यायो व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश

काठमाडौं : साझा प्रकाशनले व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश प्रकाशन गरेको छ। साझाले नेपाली भाषामा प्रयोग भएका संस्कृत शब्दको व्युत्पत्तिसहितका शब्दहरू सङ्ग्रहीत शब्दकोश प्रकाशन गरेको हो।कोषकार प्राध्यापक नीलमणि ढुङ्गानाले नेपाली भाषामा प्रयोग गरिएका संस्कृतका शब्दहरूको निर्माण कसरी भयो भनेर कोशमा उल्लेख गरेका छन्। कोशमा धातुका प्रतिनिधि रुप र शब्द गरी ३५ हजार शब्द व्युत्पादित छन् भने २ हजार पारिभाषिक शब्द छन्। अहिलेसम्म नेपाली भाषामा यस किसिमको शब्दकोश प्रकाशित भएको थिए