नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धी शब्दकोश सार्वजनिक

८ वैशाख, काठमाडौं । नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको शब्दकोश ‘चिकित्सा शब्दसागर’ सार्वजनिक भएको छ । बुधबार प्रज्ञा प्रतिष्ठान कमलादीमा एक समारोहबीच प्रा.डा. दिव्या सिंह शाह, प्रा.डा. राजेन्द्र कोजु र डा. मोहनकृष्ण श्रेष्ठले संयुक्त रुपमा विमोचन गरेका हुन् । प्रमुख अतिथि एवं त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी डीन प्रा. डा. दिव्या सिंह शाहले […]

सम्बन्धित सामग्री

तीन भाषाको बान्तावा शब्दकोश सार्वजनिक

बान्तावा भाषाको शब्दकोश प्रकाशित भएको छ । ‘बान्तावा शब्दकोश’ बान्तावा–नेपाली–अंग्रेजी भाषामा रहेको छ ।

वृहत् नेपाली शब्दकोश परिमार्जन गर्छु : कुलपति भूपाल राई

१४ फागुन, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले वृहत् नेपाली शब्दकोश परिमार्जन गर्ने बताएका छन् । कुलपति राईले परिमार्जनको लागि सुझाव लिइरहेको बताए । शनिबार लेखक प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ विमोचन कार्यक्रममा बोल्दै कुलपति राईले अहिलेको नेपाली वृहत् शब्दकोशले कतिपय शब्द, थरको शब्दको अर्थ समुदायलाई नै हियाउने खालको रहेकोले परिमार्जन गर्ने तयारी थालेको […]

‘शब्दकोश निर्माणमा भाषाका बारेमा विशेषज्ञता नभएका मानिसहरू छिरे’

हेमाङ्गराज अधिकारी नेपाली भाषा–व्याकरणमा परिचित नाम हो । उनी त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्रमा अध्यापन गर्दादेखि नै यस क्षेत्रमा समर्पित भएका व्यक्ति हुन् । उनी र बद्री विशाल भट्टराई भएर सम्पादन गरिएको प्रयोगात्मक नेपाली शब्दकोश निकै उपयोगी ग्रन्थ हो । उनले नेपाल प्रज्ञा प्रतिष्ठानमा २०७१ देखि २०७५ सम्म नेपाली भाषा व्याकरण विभागका प्रमुखका रूपमा रहेर काम गरे । सो अवधिमा नेपाली बृहत् शब्दकोशसम्बन्धी काम गरे । जुन शब्दकोश २०७२ सालमा परिमार्जित भएर आएको थियो । त्यसमा भएका केही परिवर्तनला

आर्थिक अभावले प्रकाशन हुन सकेन खस भाषाको जुम्ली शब्दकोश

खलङ्गा– आर्थिक अभावका कारणले खस भाषाको जुम्ली शब्दकोश प्रकाशन हुन सकेको छैन। कर्णालीमा बोलिने भाषा तथा शब्द संरक्षणका लागि प्रकाशन गर्ने भनिएको जुम्ली शब्दकोश दश वर्ष बितिसक्दा पनि प्रकाशन भएको छैन। पहिलो पटक २०६५ साल वैशाख ११ गते जुम्ली शब्दकोश प्रकाशन गरेर खस शब्दको संरक्षण गर्ने निर्णय भएको थियो। आधुनिक शब्दले खस शब्द लोप हुँदै […]

शब्दकोश शब्दभन्दा विषयप्रधान छ

साझा प्रकाशनले व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश प्रकाशन गरेको छ । नेपाली भाषामा प्रयोग भएका संस्कृत शब्दको व्युत्पत्तिसहितका शब्दहरू सङ्ग्रहीत शब्दकोश प्रकाशन गरेको हो । कोशकार प्राध्यापक नीलमणि ढुङ्गानाले नेपाली भाषामा प्रयोग गरिएका संस्कृतका शब्दहरूको निर्माण कसरी भयो भन्ने बारेमा कोशमा उल्लेख गरेका छन् । कोशमा धातुका प्रतिनिधि रूप र शब्द गरी ३५ हजार शब्द व्युत्पादित छन् […]

अब्बल शब्दकोश

नेपाली भाषाको विकास संस्कृतबाट प्राकृत हुँदै भएकाले नेपाली भाषामा संस्कृत मूलका तत्सम शब्दहरू धेरै रहेका छन् । तथापि नेपाली भाषा संस्कृतबाट रूप परिवर्तन भएर आएका, झर्रा तथा संस्कृतइतर भाषाबाट प्रयोगमा ल्याइएका भाषाका शब्दहरूबाट नेपाली भाषा अरू समृद्ध छ । भाषा मानवीय आवश्यकताको परिवर्तनशील वस्तु हो । त्यसैले भाषालाई जीवन्त पनि बनाउँछ । त्यस्तो जीवनको इतिहास खोज्दै जाँदा शब्दका उद्गम भाषासम्म पुग्नुपर्ने हुन्छ । त्यसका लागि प्रयोग हुने विभिन्न साधनमध्ये शब्दकोश एउटा हो । नेपाली भाषाको शब्दकोश परम्परामा बेलायती कोशकार राल्फ लिले टर्नरको योगदान अविस्मरणीय रहेको छ । नेपाली भाषाको तुलनात्मक तथा व्युत्पत्तिमूलक शब्दकोश (सन् १९३१) नेपाली भाषाको पहिलो शब्दकोश हो । राल्फ लिली टर्नरको उक्त शब्दकोश नेपाली शब्दकोश परम्पराको महìवपूर्ण ग्रन्थ र कोशवैज्ञानिक दृष्टिले समेत उच्च कोश मानिन्छ । यसमा नेपाली भाषामा प्रयुक्त शब्दहरूको स्रोतगत व्युत्पादन देखाइएको छ । त्यसपछिका शब्दकोश परम्पराले पनि संस्कृतबाट आएका तत्सम, संस्कृतबाट रूप परिवर्तन हुँदै आएका तद्भव र संस्कृतइतर भाषाबाट आएकालाई आगन्तुक मानेर शब्दको स्रोत केलाएका छन् ।

पहिलो पटक व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश प्रकाशित

साझा प्रकाशनले व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश प्रकाशन गरेको छ ।साझा प्रकाशनले नेपाली भाषामा प्रयोग भएका संस्कृत शब्दको व्युत्पत्तिसहितका शब्दहरु सङ्ग्रहित शब्दकोश प्रकाशन गरेको हो । कोषकार प्राध्यापक नीलमणि ढुङ्गानाले नेपाली भाषामा प्रयोग गरिएका संस्कृतका शब्दहरुको निर्माण कसरी भयो भन्ने बारेमा कोशमा उल्लेख गरे । कोशमा धातुका प्रतिनिधि रुप र शब्द गरी ३५ हजार शब्द व्युत्पादित छन् […]

साझा प्रकाशनले ल्यायो व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश

काठमाडौं : साझा प्रकाशनले व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश प्रकाशन गरेको छ। साझाले नेपाली भाषामा प्रयोग भएका संस्कृत शब्दको व्युत्पत्तिसहितका शब्दहरू सङ्ग्रहीत शब्दकोश प्रकाशन गरेको हो।कोषकार प्राध्यापक नीलमणि ढुङ्गानाले नेपाली भाषामा प्रयोग गरिएका संस्कृतका शब्दहरूको निर्माण कसरी भयो भनेर कोशमा उल्लेख गरेका छन्। कोशमा धातुका प्रतिनिधि रुप र शब्द गरी ३५ हजार शब्द व्युत्पादित छन् भने २ हजार पारिभाषिक शब्द छन्। अहिलेसम्म नेपाली भाषामा यस किसिमको शब्दकोश प्रकाशित भएको थिए

वित्तीय शब्दकोश नेपालीमा

वित्त तथा आर्थिक क्षेत्रसँग सम्बन्धित प्रचलित शब्दावलीहरू र तिनको विस्तृत अर्थलाई समेटेर तयार परिएको पुस्तक अर्थ, वित्तीय शब्दकोश बजारमा आएको छ । पुस्तकका लेखक ऋषिलाल श्रेष्ठ हुन् भने प्रकाशक मिथिला श्रेष्ठ । नेपालका साथै जापन, फ्रान्स, फिलिपिन्स भारतलगायतका देशका वित्त र व्यवस्थापन विषयमा गरेका अध्ययन तथा यस क्षेत्रमा हासिल गरेको लामो अनुभवलाई लेखक श्रेष्ठले पुस्तकमा प्रस्तुत गरेका छन् । ३९८ पृष्ठको यो पुस्तक वित्त, अर्थ पुँजी बजारलगायतका क्षेत्रसँग सम्बन्धित शब्दहरूलाई समेटेर नेपाली भाषमा लेखिएको पुुस्तकको अभावलाई यस पुस्तकले केही हदसम्म पूरा गर्ने विश्वास लिन सकिन्छ । वैदेशिक रोजगागरमा जान पाउने मुलुक १ सय ८ श्रम मन्त्रालयले नेपाली कामदारका लागि दक्षिण अफ्रिकी मुलुक युगान्डा खुला गरेको छ । यीसहित नोपली कामदार पठाउने मुलुकको संख्या १ सय ८ पुगेको छ । युगान्डामा हाल दक्ष एकाउन्टेन्ट तथा चार्टर्ड एकाउन्टेन्ट माग भएको श्रम विभागले बताएको छ । युगान्डामा कामदार पठाउन आशिष विजय म्यानपावर कम्पनीले स्वीकृति पाएको छ । युगान्डाबाट सय जनाभन्दा बढीको आवेदन आएमा प्रक्रिया तुरुन्त अगाडि बढाइने कम्पनीले जानकारी दिएको छ । माग भएका कामदारहरूको संख्या अझै नतोकिएको कम्पनीले बताएको छ । वैदेशिक रोजगारीमा जानेहरूको संख्या चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा गत आवको सोही अवधिभन्दा करिब २५ हजार बढेको विभागले बताएको छ । चालू आवको सो अवधिमा संस्थागत र व्यक्तिगत गरी २ लाख ३१ हजार ९ सय ९४ लाई श्रम विभागले अन्तिम स्वीकृति दिएको थियो । सोही अवधिमा गत आवमा यो संख्या १ लाख ८५हजार २ सय ६३ रहेको थियो । अंक ३८, २०६७, जेठ १०–१६