शब्दकोश शब्दभन्दा विषयप्रधान छ

साझा प्रकाशनले व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश प्रकाशन गरेको छ । नेपाली भाषामा प्रयोग भएका संस्कृत शब्दको व्युत्पत्तिसहितका शब्दहरू सङ्ग्रहीत शब्दकोश प्रकाशन गरेको हो । कोशकार प्राध्यापक नीलमणि ढुङ्गानाले नेपाली भाषामा प्रयोग गरिएका संस्कृतका शब्दहरूको निर्माण कसरी भयो भन्ने बारेमा कोशमा उल्लेख गरेका छन् । कोशमा धातुका प्रतिनिधि रूप र शब्द गरी ३५ हजार शब्द व्युत्पादित छन् […]