हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य लगातार सातौ दिन सकारात्मक सर्किट, प्रतिकित्ता रू. ६०२.२० पुग्यो

काठमाडौं । लगातार साता कारोबार दिन हिमालयन रि इन्स्योरेन्स कम्पनीको शेयर मूल्य सकारात्मक  सर्किट लेबलमा वृद्धि भएको छ । बुधवार कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएर प्रतिकित्ता ६०२ दशमल २० पुगेको हो ।  प्रतिकित्ता २०६ रुपैयाँ शेयर किनेका लगानीकर्ताले यो कम्पनीबाट ६ दिनमै ३९६.२ रुपैयाँ नाफा कमाइसकेका छन् । कम्पनीको शेयरमा विक्रेता भन्दा क्रेता धेरै भएकाले शेयर मूल्य वृद्धि भएको हो । मार्केट डेप्थमा हेर्दा पनि कम्पनीको शेयरमा २४ लाख कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।