मंसिर १४, काठमाडौं । कारोबारमा आएको दोस्रो दिन मंगलवार पनि न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोवार दिनको तुलनामा मंगलवार ९ दशमलव ९८ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३४१ दशमलव ५० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा विक्री माग शून्य रहेको छ भने खरीद माग १ लाख ५५ हजार २२१ कित्ता रहेको छ ।
यो पनि हेर्नुस् :
कारोबारको पहिलो दिनमै न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट