शेयर बजारमा आइतवार देखिएको हरियाली एक दिनमै घटेको छ ।
आइतवार १०५ अंकले बढेको नेप्से परिसूचक सोमवार भने १३.४८ अंकले घटेर २८७२.०५ बिन्दुमा आइपुगेको छ ।
बजार घटेको दिन सोमवार नेप्सेमा २२५ कम्पनीको एक करोड एक लाख पाँच हजार ६६९ कित्ता शेयरको ६९ हजार ७७० पटक कारोबार भएको छ । यसबाट पाँच अर्ब १५ करोड रूपैयाँको मात्रै कारोबार भएको छ ।
बजार घटे पनि फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था र विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको छ । यी दुई कम्पनीको शेयर मूल्य १० प्रतिशत...