काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन १ मा बिदा दिने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आउँदो मन्त्रिपरिषद बैठकबाटै बिदाको निर्णय फिर्ता लिन आग्रह गरे। ‘फागुन १ को बिदा मान्य छैन। खाटा बसेको घाउमा किन नुनचुक लगाउने? हिंसा सुरु भएको दिनलाई किन बिदा दिएर उत्सव मनाउने? शहीद परिवार, तिनका बच्चाबच्चीको हेरविचार नगर्ने, घाइतेको करा नसुन्ने अनि बिदा किन दिएको ?’ ओलीले भने, ‘आगामी