माओवादी जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशमा सार्वजनिक बिदा

फागुन १ गते पर्ने माओवादी जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै बिदाको जानकारी दिएको हो । ‘०७८ फागुन १ गते आइतबारका दिन २७ औं जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर बिदा दिइएको सम्बन्धित सबैमा सूचित गरिन्छ’, सूचनामा भनिएको छ ।