पूर्वराजदूत लीलामणि पौडेलले एमसीसीमा रहेका राष्ट्रघाती सर्त मानेर स्वीकार गर्न नसकिने बताएका छन् । शुक्रबार काठमाडौमा एमसीसीबारे आयोजित खुला बहस कार्यक्रममा एमसीसीमा रहेका सर्तहरू नेपाल सरकार र नेपालको संविधानभन्दा माथि रहने खालका भएकाले त्यसलाई स्वीकार गर्न नसक्ने पौडेलले बताएका हुन् । उनले एमसीसीमा रहेका सर्त झिकेर दिए लिन तयार रहेको हालको एमसीसीको सम्झौतामा भूरणनीतिक स्वार्थ जोडिएको बताए । ‘भूरणनीति स्वार्थ नभए के हो त ? सहायताका लागि सर्त राख्ने जुन नेपाल सरकार भन्दा माथि हुन्छ ?