नेपालका पूर्व मुख्यसचिव तथा चीनका लागि पूर्व राजदूत लीलामणि पौडेलले माओवादीको राम्रा कुराको प्रचार गरेको तर सदस्यता नलिएको बताएका छन् । पौडेलले जिल्लामा हुने गरेका माओवादीका कार्यक्रममा उपस्थित भएको स्वीकार गर्दै नेकपा माओवादी केन्द्र प्रवेश भने नगरेको बताएका हुन् । पछिल्लो समय माओवादीका कार्यक्रममा उनको उपस्थिति बाक्लिँदै गएपछि उनी माओवादीमा लागेको कुराले चर्चा पाउन थालेको छ । गृह जिल्ला गुल्मी गएका पौडेल जिल्लामा आयोजित माओवादीको कार्यक्रम तथा विभिन्न प्रशिक्षणमा सहभागी हु