निर्मात्री पुनम गौतमले दोश्रो पटक फिल्म ‘मारुनी’ बाट अवार्ड थापेकी छिन् । अमेरिकाको कोलोराडोमा आयोजना भएको ‘पाँचौ एभरेष्ट नेपाली फिल्म अवार्ड ’मा पुनम निर्मित फिल्म ‘मारुनी’ ले उत्कृष्ट अवार्ड प्राप्त गरेको हो ।अवार्ड थाप्नका लागि पुनम पनि अमेरिका पुगेकी थिइन् । यो फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । समलिङ्गी प्रेम कथामा निर्माण भएको यो फिल्ममा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको थियो ।‘मलाई यो अवार्डले अझ हौसला मिलेको छ