प्रदेश नम्बर १ लाई ‘किराँत प्रदेश’ नामकरण गर्नुपर्ने किराँत राई अन्तर्राष्ट्रिय समन्वय समितिले माग गरेको छ । किराँत राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्र सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त विषयको माग गरिएको हो
गत कात्तिक २५ गतेदेखि यही मङ्सिर ९ गते सम्पन्न हुन लागेको नेपालको १२औँ राष्ट्रिय जनगणनामा बाम्बुले समुदायको कोड नं ४३ को मूल प्रश्नलाई विभागले त्रुटि गरी याम्बुले र दुमीलाई डुमी बनाएको भन्दै उक्त गल्तीलाई तत्काल सच्याउन पनि सरकारसमक्ष माग गरिएको महासचिव दिवस राईले जानकारी दिए ।