प्रदेश नम्बर १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश नम्बर १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतवार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् । पत्र

सम्बन्धित सामग्री

प्रदेश नम्बर २ को नीति तथा कार्यक्रम पारित, १ गते बजेट ल्याउने तयारी

प्रदेश नम्बर २ प्रदेशसभाको आइतबार बसेको बैठकले आर्थिक वर्ष ०७८/०७९ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ । नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण बजेट ल्याउने बाटो खुलेको छ ।सभामुख सरोजकुमार यादवले नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको घोषणा गरे । नीति तथा कार्यक्रममाथि भएको छलफलको क्रममा केही सांसदहरुले संशोधनको प्रस्ताव पेस गरेका थिए । सो संशोधनको प्रस्ताव फिर्ता लिएसँगै सर्वसम्मतिले नीति तथा कार्यक्रम

Ratopati

प्रदेश-२ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गरिँदै

महाेत्तरी - प्रदेश-२ को सरकारले आउँदाे आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराजले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने प्रदेश सभा सचिवालयले जनाएको छ । आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । यसअघि मङ्गलवारको प्रदेश सभा बैठकमा विपक्षी दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले पालिकालाई पठाएको ससर्त अनुदान सांसदहरुसँग सल्लाह नै नगरि&...

उज्यालो अनलाइन

प्रदेश नम्बर २ मा २६ हजार १ सय ९४ सक्रिय कोरोना संक्रमण

प्रदेश नम्बर २ मा थप ४ सय ४३ जनामा कोरोना संक्रमित फेला परेका छन् । कोरोना संक्रमित पुष्टि भएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २६ हजार १ सय ९४ रहेको स्वास्थ्य निर्देशनालय प्रदेश– २ का वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले जानकारी दिए ।शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा पीसीआर विधिबाट ३ सय ६३ जनाको परीक्षण गर्दा १ सय ५२ जनामा कोरोना संक्रमित भएको पुष्टि भएको जनाइएको छ । त्यसैगरी गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल सप्तरीमा २ सय २२ जना पीसीआर परीक्षण गर्दा १ सय, गौर अ

Ratopati

प्रदेश नम्बर १ को बैठक सारिएकोमा काँग्रेसको आपत्ति

विराटनगर : नेपाली काङ्ग्रेसले प्रदेश नम्बर १ को प्रदेश सभाको बैठक चैत २ गतेसम्म सारिएकोमा आपत्ति जनाएको छ। प्रदेश सभामा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले बुधबार साँझ पत्रकार सम्मेलन बैठक सारिएकोमा रोष व्यक्त गरेका हुन्। प्रदेश सभामा नेकपाको प्रचण्ड–माधव समूहले गत पुस १२ गते मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव…

पहिलो पोस्ट

प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त

प्रदेश नम्बर २ का प्रदेश प्रमुख पदमुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।...

नागरिक दैनिक

बागमती प्रदेशको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

हेटौंडा : आज बुधवारका लागि तोकिएको बागमती प्रदेश सभाको प्रदेश सभाको बैठक स्थगित भएको छ। आज बिहानै प्रदेश सभा सचिव कृष्ण हरि खड्काले सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो। बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको हो। 'मिति २०७७ साल फागुन ५ गते बुधवार दिनको २ बजे…

पहिलो पोस्ट

वर्षेनी बढ्दै आत्महत्या : प्रदेश नम्बर १ मा सबैभन्दा धेरै

काठमाडौं : काठमाडौं उपत्यकाभित्र भएका आत्महत्याका घटना धेरै चर्चामा आउँछन्। जसले गर्दा धेरै आत्महत्या काठमाडौंभित्र नै हुन्छ कि के हो भन्ने अनुमान धेरैको हुन सक्छ। तर पछिल्लो समय यस्ता घटना प्रदेश नम्बर १ मा धेरै हुने गरेको देखिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याङ्कअनुसार आर्थिक वर्ष  २०७६/७७ मा ६ हजार…

पहिलो पोस्ट

प्रदेश नम्बर २ : प्रदेशसभा सदस्य यसरी सम्झन्छन् ३ वर्षे अवधि

जनकपुर । प्रदेश नम्बर २ को प्रदेशसभाले ३ वर्ष पूरा गरेको अवसरमा भव्य कार्यक्रम आयोजन गरेको छ । प्रदेशसभाको वार्षिकोत्सव मनाउदैँ गर्दा सत्तापक्ष, प्रमुख प्रतिपक्षी तथ प्रतिपक्षी दलका नेताहरुले प्रदेशसभाको ३ वर्षे अवधि उपलब्धिमूलक रहेको टिप्पणी गरेका छन् । ३ वर्षे  अवधिमा दर्जनौँ विधेयकहरु परित भएको, हाउसमा टेबुल रहेका अन्य बाँकी विधेयकहरुको निर्माण प्रकृयामै रह्नुले मुख्य उपलब्धि रहेको प्रदेशसभा सदस्यले बताएका छन् ।सभामुख सरोज कुमार यादवले प्रदेशसभा संचालनमा दलहरुको समन्वय र सहकार्यले प्रदेश

Ratopati

तस्बिरमा हेर्नुहोस् ओली सहभागी प्रदेश नम्बर १ का अगुवा कार्यकर्ता भेला

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार प्रदेश नम्बर १ का काठमाडौंबासी अगुवा कार्यकर्ता भेलामा सहभागी भएका छन् । राजधानीमा भएको सो भेलामा ओलीले प्रतिनिधिसभा विघटन गरेर जनतामा जाने निर्णय जायज भएको बताए । सो भेलामा ओलीसहित नेता सुवास नेम्वाङ, मन्त्री भानुभक्त ढकाललगायतको सहभागिता रहेको थियो ।

Lokaantar

प्रदेश नम्बर ७ को प्रथम प्रदेश सभा बैठक सुरु

प्रदेश नम्बर ७ को प्रथम प्रदेश सभा बैठक सुरु भएको छ। जिल्ला समन्वय समितीको सभाहलमा बैठक बसेको छ। बैठकको अध्यक्षता जेष्ठ सदस्य ७४ बर्षिय दिव्यश्वरी शाहले गरेकी छन्।

Nagarik