राउण्ड टेबल नेपालको कार्यक्रम असार ४ गते

काठमाडौं (अस) । युवा उद्यमीहरूको सामाजिक संस्था राउण्ड टेबल नेपालले आगामी असार ४ गते विशेष कार्यक्रम गर्ने भएको छ । डाउनसिन्ड्रोम तथा अटिजम भएका बालबालिकाका लागि छुट्टै विद्यालय निर्माण गर्ने उद्देश्यले राउण्ड टेबल नेपालले कार्यक्रम गर्ने भएको हो । ‘आगामी असार ४ अर्थात् जुन १८, २०२२ का शनिवार एक विशेष कार्निभल आयोजना गरिने भएको छ,’ संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘जुन वियर कार्निभल’ नाममा आयोजना हुने उक्त कार्यक्रम वियर फेष्टिभल र पारिवारिक कार्निभलको संयुक्त रूप हुनेछ ।’ कार्यक्रमको उद्देश्य विभिन्न स्कुल निर्माण तथा समाजिक सेवा रहेको बताइएको छ । ‘स्कुल फर स्पेसल नाम दिइएको परियोजना अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘डाउनसिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र वृद्धिका लागि विशेष सहयोग समेत गरिनेछ ।’ डाउनसिन्ड्रोम तथा अटिजमप्रति जनचेतना अभिवृद्धि गर्दै  फरक क्षमता भएका बालबालिकाको शिक्षा तथा वैयक्तिक विकासमा सहयोगी बन्ने उद्देश्यले राउण्ड टेबलले युवा लक्षित कार्यक्रमको आयोजना गर्ने उल्लेख गरिएको छ । कार्यक्रमबाट भएको आम्दानीको शतप्रतिशत रकम डाउनसिन्ड्रोम तथा अटिजम भएका बालबालिकाको शिक्षामा खर्च गरिने आयोजक संस्थाका अध्यक्ष शरद केडियाले बताए ।

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैङ्क र राउण्ड टेबल नेपालबीच सहकार्य

महालक्ष्मी विकास बैङ्क र राउण्ड टेबल नेपाल बीच बैङ्कबाट दैनिक रूपमा निस्कने

महालक्ष्मी विकास बैङ्क र राउण्ड टेबल नेपालबीच सहकार्य

महालक्ष्मी विकास बैङ्क र राउण्ड टेबल नेपाल बीच बैङ्कबाट दैनिक रूपमा निस्कने

राउण्ड टेबल नेपालको ‘प्याडिलक्स गर्ल्स अन ह्वील्स’ प्रतियोगिता सम्पन्न

काठमाडौं । ग्यालेक्सी पब्लिक स्कुल ज्ञानेश्वरमा ‘प्याडिलक्स गर्ल्स अन ह्वील्स’ प्रतियोगिता चैत ११ गते सम्पन्न भएको छ । राउण्ड टेबल नेपालअन्तर्गतका काठमाडौं एस राउण्ड टेबल नेपाल २१, काठमाडौं रोयल्स राउण्ड टेबल २३ र काठमाडौं रोयल्स लेडिज सर्कल ७ को आयोजनामा प्रतियोगिता गरिएको बताइएको छ । प्रतियोगितामा सृजना कोइराला र प्रज्ञा सापकोटाको जोडी प्रथम भएका थिए । यसैगरी मुस्कान अग्रवाल र तानिषा अग्रवालको जोडी दोस्रो तथा दीपा थापा र काजल श्रेष्ठको जोडी तेस्रो भएका थिए । विजेतालाई काठमाडौं एस २१ का अध्यक्ष निश्चल रुंगटा, काठमाडौं रोयल्स २३ का अध्यक्ष हिमांशु गोल्छा र काठमाडौं रोयल्स लेडिज ७ का अध्यक्ष शिवानी अग्रवालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । स्कुटरमा चढेर विभिन्न खेलमा सहभागी भई प्राप्त गरेको अंकका आधारमा विजेता घोषणा गरिएको कार्यक्रम संयोजक सिद्धार्थ जाजोदियाले जानकारी दिए । त्यस्तै आरटीआई दिवसको अवसरमा संस्थाले रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रमबाट १ हजार २८५ पिन्ट रगत संकलन गरेको बताइएको छ । काठमाडौं, वीरगञ्ज, विराटनगर, बिर्तामोड, धरान, नेपालगञ्ज, धनगढी, हेटौंडा, चितवन, नारायणगढ, जनकपुर लगायत शहरमा रक्तदान कार्यक्रम राखिएको आयोजकको भनाइ छ ।

राउण्ड टेबल नेपालले ‘फाइभ–के फन रन’ आयोजना गर्ने

काठमाडौं । राउण्ड टेबल नेपालले विश्व मोटोपना दिवस (मार्च ४) को सन्दर्भ पारेर ‘फाइभ–के फन रन’ आयोजना गर्ने भएको छ । मोटोपना दिवसको नारा ‘द फन रन’सहित सो दिन बिहान साढे ७ बजेदेखि शुरू हुने कार्यक्रममा रू. २०० दर्ता शुल्क तोकिएको आयोजकले जानकारी दिएको छ । राउण्ड टेबल नेपाल १८ देखि ४० वर्ष उमेर समूहका गैरराजनीतिक र गैरसाम्प्रदायिक युवाहरूको संगठन हो । यसले ‘मिशन नेपाल’अन्तर्गत शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा पछाडि परेका समुदायलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । कार्यक्रममा सहभागी हुन खल्ती एप तथा एनआरएस स्पोर्ट्स फाउन्डेसनकोे वेबसाइटमार्फत पनि बुक गर्न सकिनेछ ।

ट्रान्सपोर्ट नगर बनाउन सहयोग गर्न नीजि क्षेत्रसँग मेयर राजेशमानको आग्रह

२६ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले ट्रान्सपोर्ट नगर बनाउन सहयोग गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन् । सिदार्थ बैंकको आर्थिक सहयोगमा राउण्ड टेबल नेपाल मार्फत नारायणी अस्पतालमा भवन मर्मत सम्भारका लागि सम्झौता गर्न आयोजित कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् । महानगरपालिकाले वीरगञ्जमा ट्रान्सपोर्ट नगर बनाउन संघ र प्रदेश सरकारको मुख ताकेर […]

वातावरण र गाउँठाउँ हरित बनाउन मन्त्री यादवको आग्रह

वन तथा वातावरणमन्त्री प्रदीप यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो गाउँठाउँ हरित बनाउन आग्रह गरेका छन् । आज पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० स्थित बालमन्दिर प्राङ्गणमा ‘राउण्ड टेबल नेपाल’द्वारा आयोजित वृक्षारोपणमा मन्त्री यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो ठाउँठाउँ हरित बनाउनुपर्ने बताए । उनले भने, “वृक्षरोपण सबैको साझा अभियान हुनुपर्छ, वृक्षरोपण गरेर आफ्नो हरियाली बनाउन म आग्रह गर्दछु ।” यसैगरी मन्त्री यादवले राउण्ड टेबल नेपाल संस्थाका युवाको कामको प्

मुक्तिनाथ विकास बैंकद्वारा विद्यालयलाई सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले बिर्तामोड स्थित राउण्ड टेबल नेपाल प्रोजेक्टलाई चमरधाप प्राथमिक विद्यालयको भौतिकपूर्वाधार निमार्ण गर्नका लागि दुई लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।...

विद्यालय हस्तान्तरण

वीरगञ्जको छपकैया वडा नं. ३ मा रहेको ताराचन्द किसनलाल आधारभूत विद्यालय हस्तान्तरण गरिएको छ ।चार कोठाको सुविधानसम्पन्न भवन निर्माण पूरा भएसँगै विद्यालय व्यवस्थापन समितिलाई राउण्ड टेबल ८ ले हस्तान्तरण गरेएको हो ।राउण्ड टेबल नेपालका केन्द्रिय अध्यक्ष आनन्द बाहेतीले नवनिर्मित सुविधा सम्पन्न ४ वटा कक्षाकोठा विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।राउण्ड टेबल नेपाल, नेपालको गैरनाफामूलक संस्था हो […]

राउण्ड टेबल नेपालको वार्षिक साधारण सभा सम्पन्न

राउण्ड टेबल नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा बसेको वार्षिक साधारण सभामा केही नयाँ सदस्यहरु थपिएका छन् भने केहि सदस्यहरुको कार्यकाल समाप्त भएका बताइएको छ । राउण्ड टेबल इन्टरनेशनलसँग आवद्ध सन् १९९९ मा स्थापना भएको राउण्ड टेबल नेपाल, नेपालभर अहिलेसम्म ३० च्याप्टरमा कुल ४५३ सदस्य रहेका छन् ।  ४० वर्ष उमेरपछि अनिवार्य अवकाश लिनुपर्ने नियम रहेको यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ ।  आफ्नो नयाँ कार्यकाल समाल्ने नयाँ सदस्यहरुमा आन्नद बाह...

राउण्ड टेबलमा कुमार विश्वास

राउण्ड टेबल नेपाल (छाता संगठन) अन्तर्गत रहेको यस वीरगन्ज फ्रेन्ड्स राउण्ड टेबल ८ द्वारा शनिबार साहित्यिक एवं मनोरन्जन पूर्ण साँझ यान इभिनिङ विथ कुमार विश्वासको आयोजना स्थानिय ज्ञानदा एकेडमीको सभाहलमा गरियो जसका मूल प्रयोजक ‘जगशक्तिगोल्ड टीएमटी’ रहेको थियो ।