राउण्ड टेबल नेपालले ‘फाइभ–के फन रन’ आयोजना गर्ने

काठमाडौं । राउण्ड टेबल नेपालले विश्व मोटोपना दिवस (मार्च ४) को सन्दर्भ पारेर ‘फाइभ–के फन रन’ आयोजना गर्ने भएको छ । मोटोपना दिवसको नारा ‘द फन रन’सहित सो दिन बिहान साढे ७ बजेदेखि शुरू हुने कार्यक्रममा रू. २०० दर्ता शुल्क तोकिएको आयोजकले जानकारी दिएको छ । राउण्ड टेबल नेपाल १८ देखि ४० वर्ष उमेर समूहका गैरराजनीतिक र गैरसाम्प्रदायिक युवाहरूको संगठन हो । यसले ‘मिशन नेपाल’अन्तर्गत शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा पछाडि परेका समुदायलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । कार्यक्रममा सहभागी हुन खल्ती एप तथा एनआरएस स्पोर्ट्स फाउन्डेसनकोे वेबसाइटमार्फत पनि बुक गर्न सकिनेछ ।

सम्बन्धित सामग्री

युवा दिवसको अवसरमा वीरगञ्जका उद्यमीलाई अवार्ड

वीरगञ्ज । अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्ज उद्योग वाणिज्य संघ र नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले स्थानीय उद्यमीहरूलाई अवार्ड प्रदान गरेका छन् । शनिवार वीरगञ्जमा आयोजित कार्यक्रममा विभिन्न २२ विधामा अवार्ड दिइएको हो । वीरगञ्ज क्षेत्रमा नवीनतम तरीकाले उद्यम सञ्चालन गरेका र सानो पूँजीबाट उद्यम थालेर सफलता पाउँदै गरेकाहरूलाई प्रोत्साहन गर्न अवार्ड दिइएको वीरगञ्ज उद्योग वाणिज्य संघ स्टार्टअप तथा इनोभेसन समितिका संयोजक अनुप अग्रवालले बताए । स्टार्टअप तथा इनोभेसनतर्फको अवार्ड इन्द्रेणी ग्रुप र इजी इट्सलाई दिइएको छ भने लाइफटाइम एचिभर अवार्ड पाउनेमा हँसुवा नास्ता पसल, पराठा हाउस, बाँसबारी जुत्ता, बब्लु टी स्टल, कमल शर्मा फलुदावाला र झमक ब्याण्ड परेका छन् । ‘डेयर टु डू’अन्तर्गत थ्रिल फ्याक्ट्री, माल्ट, वान इलेभेन, एक्सप्रेस कार वास, वल्र्ड अफ वन्डर, त्रिशला र मेजिक बेलले अवार्ड पाएको एनवाईईएफ वीरगञ्जका अध्यक्ष सन्दीप अग्रवालले बताए । उदीयमान व्यवसायमा स्पोटर््स हाउस नेपाल र आयो परेका छन् । सामाजिक सेवातर्फ मानव सेवा आश्रम, राउण्ड टेबल नेपाल, रोटरी क्लब अफ नेपाल वीरगञ्ज र रक्तदाता योगेश खनाल सम्मानित भएका छन् । सो अवसरमा ‘परिवर्तन र नवप्रवर्तनमा युवा सहभागिता’ विषयक अन्तरक्रिया पनि आयोजना गरिएको थियो । सो कार्यक्रममा संघीय सांसद विना जयसवाल, एनवाईईएफ केन्द्रीय अध्यक्ष सहारा जोशी, वीरगञ्ज उद्योग वाणिज्य संघ स्टार्टअप तथा इनोभेसन समितिका संयोजक अनुप अग्रवाल, एनवाईईएफ वीरगञ्जका अध्यक्ष सन्दीप अग्रवाल, सामाजिक अभियन्ता नुतन सरावगी, विश्लेषक विनोद गुप्तालगायतले आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा युवाको सार्थक सहभागिताको खाँचो औंल्याए । राज्यले युवा उद्यममैत्री नीति र कानून निर्माण गर्नुपर्नेमा उनीहरूको जोड थियो । अन्तरक्रियाको सहजीकरण न्यू बिजनेश एजका प्रदेश ब्यूरो प्रमुख ओमप्रकाश खनालले गरेका थिए । त्यसअघि कार्यक्रम उद्घाटनको पहिलो सत्रलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले युवाको सक्रियताविना देशले विकासमा कोल्टे नफेर्ने भन्दै नवप्रवर्तनका लागि सहकार्य गर्न महानगर तयार रहेको बताए । मुख्य वक्ता मानसी अग्रवालले युवाले आफूमा दक्षता वृद्धि गर्नुपर्ने र प्रविधिले ल्याएको परिवर्तनसँग अभ्यस्त हुनुपर्ने बताइन् । नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले युवामैत्री नीतिको खाँचो औंल्याए ।

विश्व मोटोपना दिवसमा ‘फाइभ–के फन रन’ [फोटो फिचर]

काठमाडौं । राउण्ड टेबल नेपालले विश्व मोटोपना दिवस अर्थात् मार्च ४ को सन्दर्भ पारेर शनिवार विहान काठमाडौको बसन्तपुर परिसरमा  ‘फाइभ–के फन रन’ आयोजना गरेको छ ।  उक्त प्रतियोगिता अन्तरगत १ हजार जनाको दौडमा सहभागिता रहेको थियो । दौड शुरू हुनुभन्दा पूर्व सहभागीहरूले प्रतिभा तथा समूहको तालमा जुम्बा नृत्य पनि गरेका  थिए । दौडको शुरूवात म्याराथनका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले सिठी बजाएर गरेका थिए । प्रतियोगितामा सहभागीहरुले बसन्तपुर, न्यूरोड,जमल, रत्नपार्क,भद्रकाली, सुन्धारा परिक्रमा गरेर बसन्तपुरमा पुगी दौड समाप्त गरेका छन् । सहभागीहरुलाई आयोजकहरुको तर्फबाट प्रमाणपत्र तथा प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा सहभागिताका लागि रू. २०० दर्ता शुल्क तोकिएको थियो । विगतमा निःशुल्क सहभागिता गराउँदै आएकोमा यो वर्ष भने अर्टिजम भएका बालबालिकाका लागि देशैभरी कार्यक्रम गर्ने उद्देश्यले २०० रुपैयाँ दर्ता शुल्क तोकिएको एनआरएस स्पोर्टसकी अध्यक्ष बागमती राईले जानकारी दिइन् ।  विश्व स्वास्थ्य संगठनले हरेक वर्ष मार्च ४, आजको दिनलाई मोटोपना दिवसका रुपमा मनाउँदै आएको छ । यस वर्षको विश्व मोटोपना दिवसको नारा ' मोटोपना बारे कुरा गरौं ' रहेको छ । राउण्ड टेबल नेपाल १८ देखि ४० वर्ष उमेर समूहका गैरराजनीतिक र गैरसाम्प्रदायिक युवाहरूको संगठन हो । यसले ‘मिशन नेपाल’अन्तर्गत शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा पछाडि परेका समुदायलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । तस्वीरहरू : सुनिल शर्मा/ आर्थिक अभियान

राउण्ड टेबलमा कुमार विश्वास

राउण्ड टेबल नेपाल (छाता संगठन) अन्तर्गत रहेको यस वीरगन्ज फ्रेन्ड्स राउण्ड टेबल ८ द्वारा शनिबार साहित्यिक एवं मनोरन्जन पूर्ण साँझ यान इभिनिङ विथ कुमार विश्वासको आयोजना स्थानिय ज्ञानदा एकेडमीको सभाहलमा गरियो जसका मूल प्रयोजक ‘जगशक्तिगोल्ड टीएमटी’ रहेको थियो ।