काठमाडौं। एमालेका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदहरू आजको बैठकमा अनुपस्थित हुने भएका छन्। सो समूहको बैठकले तत्काल राजीनामा नदिने र संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको एक नेताले बताए। राजीनामा दिने सम्बन्धमा सांसदहरुको मत बाझिएपछि उनीहरुले यस्तो निर्णय गरेका हुन्। बैठक बसिरहँदा केही सांसदहरू असन्तुष्टि जनाउँदै बैठकबाट निस्केका थिए।