माधव नेपाल समुहका सांसदले राजीनामा नदिने

काठमाडाैं । नेकपा एमालेको माधवकुमार नेपाल- झलनाथ खनाल समुहले सामुहिक राजीनामा नदिने भएका छन् । सरकारलाई विश्वासको मतका लागि दिउसो हुने मतदानमा अनुपस्थित हुने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको सांसदको बैठकले यस्तो निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् । The post माधव नेपाल समुहका सांसदले राजीनामा नदिने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.