पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का थप ३५ सांसदको राजीनामा सभामुखले स्वीकृत गरेका छन् । यसपछि उनको संसदको सदस्यता समाप्त भएको छ । गत वर्ष अप्रिलमा इमरान खानलाई विश्वासको मत मार्फत प्रधानमन्त्री पदबाट हटाइएपछि पीटीआईका १२३ सांसदले राजीनामा दिने निर्णय गरेका थिए। राष्ट्रिय सभाका सभामुखले विपक्षी दल पीटीआईका ३४ सांसदको राजीनामा स्वीकृत गरेका छन् […]