काठमाण्डाै – प्रतिनिधि सभा सदस्यले पदबाट राजीनामा दिँदा सभामुखसमक्ष सनाखत गर्ने कि नगर्ने भन्ने विषयमा मत बाझिएको छ ।
बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा प्रतिनिधि सभा सदस्यको राजीनामाको व्यवस्थासम्बन्धी छलफलका क्रममा राजीनामा दिने सांसदले सभामुखसमक्ष सनाखत गर्ने कि नगर्ने भन्ने सम्बन्धमा प्रतिनिधि सभा सदस्यको मत बाझिएको हो ।
बैठकमा बोल्दै समिति सदस्य सुवासचन्द्र नेम्वाङले विगतको अभ्यास सनाखत गर्ने रहेको बताउनुभयो । उहाँले संविधानमा भने राजीनामा दिएपछि स्वीकृत या सनाखत नग...