काठमाडौं, २१ वैशाख । नेकपा एमालेबाट प्रतिनिधि सभामा निर्वाचित २१ जना सांसदले राजीनामाको तयारी गरेका छन् । माधव नेपाल र झलनाथ खनाल पक्षधर प्रत्यक्ष निर्वाचित २१ जनाले राजीनामा दिने तयारीमा सत्ता राजनीतिको रणनीतिक उद्देश्य लुकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली २७ वैशाखमा विश्वासको मत लिन प्रतिनिधि सभामा प्रस्तुत हुनु अघि राजीनामा दिने तयारी हुनु […]