पुस ६, काठमाडौं । सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/ ०७८ सम्मको मुुनाफाबाट कुल ५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको पुस ५ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ८ अर्ब ६४ करोड ३६ लाख ६० हजारको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।