आज १० कम्पनीले साधारणसभा गर्दै (सूचीसहित)

आज पुस २८ गते बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत १० वटा कम्पनीले साधारणसभा गर्दै छन् । आज मितेरी डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर, हिमालयन डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, पन्चकन्या माई हाइड्रो, तेह्रथुम पावर, बोटलर्स नेपाल तराइ, न्यादी हाइड्रो, पाँचथर पावर र बोटलर्स नेपाल बालाजुले साधारणसभा गर्न लागेका हुन् ।यी मध्ये ४ वटा कम्पनीले मात्र लाभांश प्रस्ताव गरेका छन् । मितेरी डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर, हिमालयन डिस्टिलरी, र उन्नति सहकार्य लघुवित्तले मात्र लाभांश प्रस्ताव गरेका छन् ।मितेरी डेभलपमेन्ट बैंकले १३.३ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने नेपाल हाइड्रो डेभलपरले ७ प्रतिशत बोनस र ०.३६८४ प्रतिशत नगद लाभांश नगद लाभांश प्रस्ताव गरेको छ । त्यस्तै हिमालयन डिस्टिलरीले ७५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने उन्नति सहकार्य लघुवित्तले ३० प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कतिपय कम्पनीले भने आफ्नो साधारणसभा भर्चुअल रुपमा गर्नको लागि सूचना सार्वजनिक गर्न थालेका छन् । सरकारले कोरोना रोकथाम र नियन्त्रण सम्बन्धमा नयाँ आदेश जारी गर्दै २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कनै पनि किसिमको मेला. भेला तथा महोत्सवहरु एवं सामाजिक लगायतका कार्यहरु नगर्ने, नगराउने निर्देशन दिएपछि कम्पनीहरुले भर्चुअल साधारणसभाको बाटो रोजेका हुन्  । हालसम्म मैलुङ खोला हाइड्रो, सानिमा जनरल इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट कम्पनी, हिमालयन पावर पार्टनर, गुडविल फाइनान्स, सिभिल बैंक, र सिद्धार्थ बैंकले भर्चुअल रुपमा साधारणसभा गर्ने सूचना प्रकाशन गरेका छन्  । सरकारले २५ जना भन्दा बढी उपस्थित हुन प्रतिबन्ध लगाएपछि साधारणसभा गर्न बाँकि सबै कम्पनीहरुले भर्चुअल रुपमा नै साधारणसभा गर्ने अनुमान गरिएको छ  । गत वर्ष पनि कोभिडको संक्रमण बढ्दै गएको समयमा कम्पनीहरुले भर्चुअल रुपमा नै साधारणसभा गरेका थिए  । भर्चुअल रुपमा साधारणसभा गर्दा कम्पनीहरुको खर्च समेत घट्ने छ  । आर्थिक वर्ष सकिएको ६ महिना भित्र साधारणसभा सम्पन्न गरि सक्नु पर्ने प्रावधानको कारण पुस अन्तिम साताको लागि धेरै कम्पनीले साधारणसभा आह्वान गरेका छन्  । 

सम्बन्धित सामग्री

प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभा

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

ओम शिवा सहकारीको साधारणसभा

ओम शिवा बहुमुखी सहकारीको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका उपाध्यक्ष सुरेन्द्रलाल राजभण्डारीको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो।...

युनिलिभरको वार्षिक साधारणसभा

युनिलिभर नेपालको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष देव बाजपेइ र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको उपस्थितिमा साधारणसभा सम्पन्न भएको हो।...

एनएमबी बैंकको २७ औं साधारणसभा सम्पन्न

एनएमबी बैंकको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरूको उपस्थितिमा २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो।...

सानिमा बैंकको १८ औं साधारणसभा

सानिमा बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो।...

लाभांश पारित गर्न युनिलिभरले डाक्यो साधारणसभा

युनिलिभर नेपालले २० मंसिरमा आफ्नो २९औँ साधारणसभा गर्ने भएको छ । कम्पनीले आफ्ना शेयरधनीहरूलाई वितरण गर्न लागेको लाभांश पनि पारित गर्ने गरी मंसिरमा साधारणसभा डाकेको हो ।

मर्जर प्रक्रियामा रहेका यी दुई कम्पनीको साधारणसभा आज

मर्जर प्रक्रियामा रहेका दुई कम्पनीले आज साधारणसभा गर्दैछन् ।  सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले आज साधारणसभा गर्दैछन् ।

चुनावअघि सहकारीलाई साधारणसभा गर्न रोक

२२ कात्तिक, हेटौंडा । बागमती प्रदेश सरकारले मंसिर ४ गतेसम्म सहकारी संघसंस्थालाई साधारणसभा गर्न रोक लगाएको छ । प्रदेश सरकार अन्तर्गतको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोमबार सूचना निकालेर साधारणसभा नगर्न निर्देशन दिएको हो । साधारणसभा गर्दा केही सहकारीले जनप्रतिनिधि, प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारलाई अतिथि बनाउँदा आचारसंहिता उल्लंघन हुने भएकाले चुनावसम्मका लागि साधारणसभा […]

एन्फा विशेष साधारणसभा फेरि सर्यो

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा अनिश्चित कालका लागि स्थगित भएको छ।एन्फाले विज्ञप्ति जारी गर्दै ८ फागुनमा भर्चुअल माध्यमबाट गर्ने भनिएको विशेष साधारणसभा प्राविधिक कारणले स्थगित गरिएको जनाएको छ।एन्फाले विज्ञप्तिमा साधारणसभाको अर्को मिति, समय र स्थानका बारेमा अर्को पत्रबाट जानकारी दिने पनि जनाएको छ। एन्फाले दोस्रोपटक साधारणसभा स्थगित गरेको हो।एन्फा कार्यसमिति बैठकमा ८ फागुनमा विशेष साधारणसभाको मिति तय भएको थियो। अहिले एन्फाले प्राविधिक कारण देखाएर सभा सार्ने निर्णय गरेको छ

एसुयोरको साधारणसभा

एसुयोर बचत तथा ऋण सहकारी संथाको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।