नेप्सेमा सिभिल बैंक र रिलायन्स फाईनान्सको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज २० गते २ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभा प्रयोजनको लागि आज बुक क्लोज गर्ने निर्णय गरेका सिभिल बैंक र रिलायन्स फाइनान्सको मूल्य समायोजन भएको हो । यी कम्पनीले साधारणसभा प्रयोजनको लागि आज पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज नै मूल्य समायोजन भएको हो ।  पुस १९ गतेसम कायम शेयरधनीले मात्र यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । सिभिल बैंकको ५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।  समायोजन पछि बैंकको शेयर मूल्य प्रति कित्ता २४५.७१ रुपैयाँ कायम भएको छ । त्यस्तै रिलायन्स फाइनान्सको १५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।  समायोजन पछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४५२.१७ रुपैयाँ कायम भएको छ । सिभिल बैंक Civil Bank Limited  ले पुस ३० गते शुक्रबार बालुवाटार स्थित आम्रपाली ब्यांक्वेटमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश गरि कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।  बैंकले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।बैंकको सभामा सञ्चालक समितिको प्रतिवेदन २०७७/७८ पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू स्वीकृत गर्ने,  आ.व. २०७८/७९ (२०२१/२२) को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, लगायतका प्रस्ताव पेश हुने छ । त्यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूसँग एक आपसमा गाभ्न गाभिन (मर्जर गर्न वा प्राप्ति (एक्विजिसन) गर्न कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने , नियामकबाट थप समशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन्  ।त्यस्तै रिलायन्स फाइनान्सले  Reliance Finance  ले पनु पुस ३० गते नै साधारणसभा आह्वान गरेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

सम्बन्धित सामग्री

सिभिल बैंकको ‘सिभिल बैंक डिबेन्चर २०८८’ नेप्सेमा सूचिकृत

सिभिल बैंकले निष्कासन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ । बैंकले निष्कासन गरेको ‘सिभिल बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्र  नेप्सेमा सूचिकृत भएको हो ।

सिभिल बैंक र एफवान सफ्टबीच सम्झौता

सिभिल बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेसनलबीच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजिटल बैंकिङ सेवा तथा सुविधालाई अझ बढी प्रभाकारी बनाउनको लागि सम्झौता भएको छ।...

सिभिल बैंक र एफवान सफ्टबीच सम्झौता

सिभिल बैंक र एफवान सफ्ट इन्टरनेसनल बीच सम्झौता भएको छ । ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजिटल बैंकिङ सेवा तथा सुविधाहरुलाई अझ प्रभावकारी बनाउन सम्झौता भएको बताइएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल र एफवनका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका हुन् । बैंकले मोबाइल बैकिङ्ग सुविधालाई अझ सवल र सुदृढ बनाई...

सिभिल बैंक र एफवन सफ्टबीच सम्झौता

सिभिल बैंक र एफवन सफ्ट इन्टरनेसनल बीच सम्झौता भएको छ । ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजिटल बैंकिङ सेवा तथा सुविधाहरुलाई अझ प्रभावकारी बनाउन सम्झौता भएको बताइएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल र एफवनका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका हुन् ।बैंकले मोबाइल बैकिङ्ग सुविधालाई अझ सवल र सुदृढ बनाई ग्राहकहरुको सहज वित्तीय पहुँचलाई मध्यनजर गर्दै उक्त स्तरोन्नती गर्न लागेको हो । अब गरिने स्तरोन्नती पश्चात बैंकका ग्राहकहरुले मोबाइल एपमार

सिभिल बैंक खाता खल्तीमा लिंक गर्दा नगद बोनस

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले सिभिल बैंक खाता खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरुका लागि एक सय रुपैयाँ बोनस अफर ल्याएको छ । साथै, हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ ।यो बोनस अफर पहिलो पटक सिभिल बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताको हकमा मात्र लागु हुने बताइएको छ । प्रयोगकर्ताले […]

सिभिल बैंक खाता ‘खल्ती’ मा लिंक गर्दा सय बोनस र स्मार्टफोन उपहार

काठमाडौँ – अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी ‘खल्ती’ले सिभिल बैंक खाता ‘खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताका लागि सय रुपैयाँ बोनस अफर ल्याएको छ। साथै, हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्नेछन्। यो बोनस अफर पहिलो पटक सिभिल बैंक अकाउन्ट ‘खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताको हकमा मात्र लागू हुनेछ। प्रयोगकर्ताले लिंक गर्नुअगाडि केवाईसी भेरिफाइ गराउनु पर्नेछ। केही […]

सिभिल बैंक खाता ‘खल्ती’ मा लिङ्क गर्दा १०० रुपैयाँ बोनस र स्मार्टफोन उपहार

सिभिल बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूका लागि अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले १०० रुपैयाँ बोनस अफर ल्याएको छ । साथै, हरेक महिना एक प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने खल्तीले जानकारी दिएको छ । खल्तीका अनुसार यो बोनस अफर पहिलोपटक सिभिल बैंक अकाउन्ट लिङ्क गर्ने प्रयोगकर्ताहरूको हकमा मात्र लागू हुनेछ । प्रयोगकर्ताले लिङ्क गर्नुअघि केवाईसी प्रमाणित गराउनुपर्नेछ । त्यसपछि आफ्नो बैंक लिङ्क गरी उक्त लिङ्क गरिएको सिभिल बैंक अकाउन्टबाट ‘खल्ती’मा तुरुन्तै

सिभिल बैंकको ३ अर्ब बराबरको ‘सिभिल बैंक ऋणपत्र’ निष्कासन हुँदै

सिभिल बैंकको ३ अर्ब बराबरको सिभिल बैंक ऋणपत्र निष्काशन हुने भएको छ । त्यसका लागि आज प्रत्याभूति सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सिभिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल, प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र माछापुच्छ्रे कृति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार वैद्यले संयूक्त हस्ताक्षर गरेका हुन् ।प्रत्याभूतीकर्ताहरु नागरिक

सिभिल बैंकले ‘९ प्रतिशत सिभिल बैंक ऋणपत्र २०८८’ निष्कासन गर्ने

सिभिल बैंकको ३ अर्बको ‘९ प्रतिशत सिभिल बैंक ऋणपत्र २०८८’ निष्कासन गर्ने भएको छ। बैंकले आइतबार विज्ञप्ति जारी गर्दै सार्वजनिक निष्कासन गर्न लागेको १,००० अंकित दरको ३० लाख कित्ता ‘९% सिभिल बैंक ऋणपत्र २०८८’ निष्कासन गर्न लागेको हो। उक्त निष्कासनको प्रत्याभूति गर्न निष्कासन कम्पनी तथा प्रत्याभूतिकर्ता नागरिक लगानी कोषलगायत ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल र […]

ऋणीसँग अप्रत्यक्ष कारोबार गर्ने सिभिल बैंक कारबाहीमा

काठमाडौं। सिभिल बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेको छ। राष्ट्र बैंकको सुपरिवेक्षण विभागले बैंकलाई कारबाही गरेको हो। सिभिल बैंकबाट ऋण लिएका ऋणीसँग बैंकले अप्रत्यक्ष रुपमा कारोबार गरेको पाइएपछि विभागले कारबाही गरेको बताइएको छ। सिभिल बैंकलाई पनि केन्द्रीय बैंकले एकीकृत निर्देशन २०७७ अनुसार कारबाही गरेको हो।