२२ बैंकको लाभांश घोषणा हुँदा नबिलको उच्च, नेपाल एसबिआईको न्यून, ४ वटाको घोषणा बाँकि

हालसम्म २२ वटा बाणिज्य बैंकहरुले आर्थिक वर्ष ७७/७८ को मुनाफ बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेका छन् । मङ्सिर २४ गते बिहान ११ बजे सम्ममा नेपाल स्टक एक्सचेन्जमा सुचिकृत २६ मध्ये २२ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका हुन् । यी मध्ये सबैभन्दा धेरै लाभांश नबिल बैंकले गरेको छ भने सबै भन्दा कम प्रस्ताव नेपाल एसबिआई बैंकले गरेको छ । नबिल बैंकले ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगद गरि कुल ३८ प्रतिशत लाभांश घोषणा गरेको छ भने नेपाल एसबिआइ बैंकले ३.५० प्रतिशत बोनस र १.८१ प्रतिशत नगद गरि कुल ५.३१  प्रतिशत लाभांश प्रस्ताव गरेको छ । नबिल बैंकपछि हिमालयन बैंकको लाभांश उच्च छ  । हिमालयनले २१.३६ प्रतिशत बोनस र ४.६४ प्रतिशत नगद गरि कुल २६ प्रतिशत लाभांश घोषणा गरेको छ  । त्यस्तै   सानिमाले १७ प्रतिशत बोनस र ०.८९ प्रतिशत नगद गरि कुल १७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै नेपाल बैंकले १४ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरि १७ प्रतिशत ,र  प्राइम बैंकले १६ प्रतिशत बोनस र ०.६३१३ प्रतिशत नगद गरि कुल १६.६३१३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ  । सिटिजन्स बैंकले १२.९१ प्रतिशत र ३.०९ प्रतिशत नगद गरि १६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १२.६१ प्रतिशत बोनस र ३.३९ प्रतिशत नगद गरि १६ प्रतिशत, तथा एनएमबि बैंकले १२.५ प्रतिशत बोनस र ३.३ प्रतिशत लाभांश गरि कुल १५.८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ  । त्यस्तै एनआईसी एसियाले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  नेपाल बंगलादेश बैंकले १२ प्रतिशत बोनस र ३.५० नगद गरि १५.५० प्रतिशत, सिद्धार्थ बैंकले १४.२५ प्रतिशत बोनस र ०.४५ प्रतिशत गरि १४.७० प्रतिशत, माछापुच्छ्रे बैंकले १२.२ प्रतिशत बोनस र ०.७० नगद गरि १४ प्रतिशत , बैंक अफ काठमाडौँले १० प्रतिशत बोनस र ४ प्रतिशत नगद गरि १४ प्रतिशत र ग्लोबल आईएमई बैंकले १० प्रतिशत बोनस र ३.५० प्रतिशत नगद गरि १३.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साथै स्ट्यान्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद गरि १३.०६ प्रतिशत लाभांश,  प्रभु बैंकले १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद गरि १२.६३ प्रतिशत लाभांश, मेगा बैंकले १० प्रतिशत बोनस र २.०७ प्रतिशत नगद गरि कुल १२.०७ प्रतिशत लाभांश , लक्ष्मी बैंकले ८ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद गरि ११.५ प्रतिशत, एभरेष्ट बैंकले ६ प्रतिशत बोनस र ४.३२ प्रतिशत नगद गरि कुल १०.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कुमारी बैंकले ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद गरि कुल ८.६७ प्रतिशत लाभांश घोषणा गरेको छ भने सनराइज बैंकले ६.६५ प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद गरि ७ प्रतिशत लाभांश घोषणा गरेको छ  । हालसम्मको कम लाभांश नेपाल एसबिआई बैंकले गरेको छ । नेपाल एसबिआईले ३.५० प्रतिशत बोनस र १.८१ प्रतिशत नगद गरि कुल ५.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।हालसम्म घोषणा गरिएका २२ बैंकको औसत नगद लाभांश २.४८ प्रतिशत, औसत बोनस शेयर १२.५७६ प्रतिशत र कुल औसत लाभांश १५.०६२ प्रतिशत रहेको छ । अब कृषि विकास बैंक, सिभिल बैंक, सेन्चुरी बैंक,  र एनसीसी बैंकको गरि कुल ४ वटा बैंकको  लाभांश घोषणा हुन् बाँकि छ ।  सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि लाभांश घोषणा गरेको छैन। 

सम्बन्धित सामग्री

एचआईडीसीएलको लाभांश घोषणा

५ पुस, काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । सरकार र साधारणसभाबाट स्वीकृति पाइसकेपछि घोषित लाभांश वितरण हुने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीले पुस २९ गतेका लागि साधारणसभा पनि […]

भगवती हाइड्रोपावरको लाभांश घोषणा

भगवती हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई १०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । हालै दोस्रो बजारमा सूचीकृत भएको यस कम्पनीले पहिलो पटक सर्वसाधारण सेयरधनीलाई लाभांश घोषणा गरेको हो । त्यस्तै कम्पनीले पुस २४ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभाका लागि पुस […]

मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

१५ मंसिर, काठमाडौं । मञ्जुश्री फाइनान्सले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाका आधारमा कम्पनीले कायम चुक्ता पुँजीको ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कुल ७ करोड ११ लाख रुपैयाँ बराबर नगद लाभांश प्रदान हुने फाइनान्सले जनाएको छ । फाइनान्सले यस पटक बोनस सेयर […]

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

१३ कात्तिक, काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकले करसहित १९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले १९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । यो लाभांश बैंकको आगामी साधारणसभा र राष्ट्र बैंकको स्वीकृति पश्चात प्रदान गरिने बैंकले जनाएको […]

११ वाणिज्य बैंकको लाभांश घोषणा

काठमाडौं । हालसम्ममा ११ ओटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरिएका बैंकमध्ये बैंक अफ काठमाण्डूले सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ । बीओकेले गत वर्षको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश २०.९५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । बैंकले गत वर्ष १२.५ प्रतिशत बोनस […] The post ११ वाणिज्य बैंकको लाभांश घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रिय वाणिज्य बैंकद्वारा लाभांश घोषणा

कुल २७ वटा वाणिज्य बैंकमध्ये गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी एक राष्ट्रिय बाणिज्य बैंकले पनि आफ्नो लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनी लगानीकर्ताहरुलाई चुक्ता पुँजीको अधिकतम् ३३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।यस्तो लाभांश चुक्तापुँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि तीन प्रतिशत नगद गरि कुल ३३ प्रतिशत लाभांश वितरण गर्ने बैंकले जनाएको छ । प्रस्तावित लाभांश भने राष्ट्र बैंकबाट स्विकृत प्राप्

प्रभु बैंकको लाभांश घोषणा

प्रभु बैंकले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने बताइएको […]

बैंकको लाभांश घोषणा : नबिलको धेरै, कुमारी देखियो कमजोर !

१८ असोज, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ को मूनाफाबाट बैंकहरुले आफ्नो शेयरधनीहरुका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् । तिहार अघिसम्म लाभांश घोषणा गर्ने बैंकहरुमा नबिल बैंक सबैभन्दा धेरै लाभांश दिने बैंक बनेको छ । सम्भवतः गत वर्षको मूनाफाबाट धेरै लाभांश दिने पहिलो नम्बरमा नै नबिल बन्नेछ । नबिल बैंकले हरेक वर्ष आकर्षक लाभांश […]

धमाधम लाभांश घोषणा गर्दै बैंकहरु, कुनले कति दिँदैछन् ?

९ कात्तिक, काठमाडौं । गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश १२ वटा बैंकहरुले घोषणा गरेका छन् । अन्य केही बैंकहरुले भने लाभांश घोषणा गर्ने तयारीमा रहेका छन् । केही बैंकहरुले लाभांश घोषणा गरी साधारण सभा प्रयोजनका लागि बुक क्लोज समेत गरेका छन् । सोमबार केही बैंकहरुको बोनस शेयर पछि मूल्य समायोजन भएको छ । […]

हिमालयन बैंकको लाभांश घोषणा

हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।