बिजुली नहुँदा अँध्यारोमा बस्न बाध्य ढोले गाउँमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेपछि स्थानीय खुसी भएका छन् । सुर्नया गाउँपालिका–८, ढोले गाउँमा राष्ट्रिय प्रसारण लाइन विस्तार भएपछि अँध्यारो बस्ती उज्यालो भएको हो । ढोले गाउँमा बिजुली बलेसँगै यस जिल्लाको करिब २२ हजार घरधुरी विद्युत्को पहुँचमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय लाइन विस्तार गरी ढोले गाउँको दल्ले बगरमा ट्रान्सफर्मर जडान गरेको छ ।