मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ पार्सिबाङ रुन्चेबुङमा पहिलो पटक बिजुली बत्ती पुगेको छ । अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिका–९ को पार्सिबाङ रुन्चेबाङमा मुख्य लाइन अझै जडान हुन नसक्दा पेल्ट्रिक सेटमार्फत बिजुली पुर्याइएको हो ।बिजुली नभएकोले त्यहाँका चेपाङहरू सल्लाको दियालो बालेर घरलाई उज्यालो पार्ने गर्थे । तर, आईतबार गाउँमा बत्ती बाल्न पेन्ट्रिक सेट उद्घाटन भएसँगै त्यहाँका चेपाङको घरको अँध्यारो हटेको छ ।सामुदायिक सशक्तीकरण तथा सामाजिक न्याय सञ्जाल