पहिलोपटक बिजुली बत्ती बल्दा कालिमाटीका स्थानीय खुसीले नाँचे

सल्यान : बत्ती मुनिको अँध्यारो भनेझैं छिमेकी जिल्लाहरु दाङ, बाँके, बर्दिया र सुर्खेतसँग सीमा जोडिएको सल्यानको कालिमाटी गाउँपालिकाको केन्द्रमा पहिलो पटक बिजुली बत्ती बलेको छ। छिमेकी जिल्लाका नागरिक बत्तीको झिलिमिलिमा रमाएको वषौंको प्रतीक्षापछि गाउँपालिका केन्द्रसम्म बिजुली पुग्दा खुसियाली छाएको छ। अन्य ठाउँमा बिजुली बत्ती बलेको देख्दै आए पनि वैकल्पिक ऊर्जाको सहारामा जीवन चलाउँदै आएको वषौंपछि आफ्नै गाउँमा बिजुली बत्ती पुग्दा स्थानीय नाँचगान गरी रमाएका छन्।स्थानीयले गाउँमा बिजुली आएको खुस

सम्बन्धित सामग्री

बल्ल बल्याे भोजपुरको खोक्सिक र बाउराङमा बिजुली बत्ती

भौगोलिक रूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ। रामप्रसादराई–८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो।...

दुई दशकपछि डडेल्धुराकाे सिरोड गाउँमा बिजुली बत्ती

डडेल्धुरा । डडेल्धुराकाे नवदुर्गा गाउँपालिका-४ काे सिरोड गाउँमा दुई दशकपछि बल्ल बिजुली बलेको छ । तत्कालीन बेलापुर गाउँविकास समितिको मुकाम खुनीमा २०६० सालमै बिजुली बले पनि दुई दशकपछि सिरोडमा बिजुली बत्ती बलेको हाे । तर पटक-पटकको पश्चिम सेती बहुउद्देश्यीय जलविद्युत आयोजनाको चर्चाले ठूला विकासका पूर्वाधार भने अझै संचालन हुन सकिरहेका छैनन् । बिजुली नपुगेका वडा […]

प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा बल्ल बिजुली बत्ती

जीतपुर सिमरा–१६, टाँगियाबस्तीमा ३५ वर्ष अघि जन्मेकी जुनु श्रेष्ठ शनिबार साँझ पहिलोपटक बिजुली बत्ती बाल्न पाउँदा निकै खुसी देखिइन् । ‘पहिला टुकी बाल्थ्यौँ, ४/५ वर्ष भयो सोलार बालेको । अहिले बिजुली बत्ती बाल्न पाउँदा हाम्रो खुसीको सीमा छैन,’ उनले भनिन् ।प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको टाँगिया बस्तीमा ३० वर्षदेखि बस्दै आएकी डम्मरकुमारी राना पनि शनिबार साँझ पहिलोपटक बिजुली बाल्न पाउँदा खुसी छिन् । धेरै वर्ष टुकी बत्ती र पछिल्लो समय सोलर बत्तीको भरमा दैनिकी गुजारेकी रा

सिन्धुलीको कुप्रीडाँडामा बिजुली बत्ती बलेपछि स्थानीय हर्षित

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका-१३ कुप्रीडाँडामा बिजुली बत्ती बालिएको छ । बिजुली पुगेपछि स्थानीय हर्षित भएका छन् । वर्षौँदेखिको टुकी बालेर बस्नुपर्ने उनीहरुको बाध्यता हटेको छ । कुप्रीडाँडामा नयाँ ट्रान्सफर्मर जडान गरिएपछि घर-घरमा बिजुली बत्ती बलेको हो । दुधौली नगरपालिका-१३ का वडाध्यक्ष दीपक खड्काले विद्युत् विस्तारपछि स्थानीयको दैनिकीमा सहजता आएको बताए । विद्युत् विस्तारपछि सो […]

‘बिजुली बत्ती बाल्नका लागि होइन उज्ज्वल भविष्यका लागि’

काठमाडौँ- विगतका वर्षहरूमा बिजुली बत्ती बाल्नका लागि मात्रै हो, अन्य उपयोगका लागि होइन भन्ने मान्यता स्थापित थियो । सरकारले सो मान्यतालाई क्रमशः परिवर्तन गर्दै ‘अबको विद्युत् उज्ज्वल भविष्यका लागि’ भन्ने सङ्कल्प तय गरेको छ । औद्योगिकीकरण, यातायात सञ्चालन, सिँचाइमार्फत कृषि क्षेत्रको विकास तथा खानेपानी, विद्युतीय सामग्रीको प्रयोग गरी उज्यालो समृद्धिका लागि हो भन्ने मान्यता स्थापित […]

दुर्गम चुम्चेतमा बिजुली बत्ती

काठमाडौँ,१५ जेठ । उत्तरी गोरखाको दुर्गम क्षेत्रमा पर्ने चुम्चेतका २७० घरघुरीमा बिजुली बत्ती बलेको छ । चुमनुब्री गाउँपालिका–६ चुम्चेतमा चुम्लिङ, चुम्चेत लघु जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी बिजुली बत्ती बाल्न सुरु गरिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए । आयोजनाबाट ७० किलोबाट क्षमताको विद्युत् उत्पादन भएसँगै स्थानीयवासीले बिजुली बत्ती सुविधा पाएका हुन् । दुर्गम क्षेत्रमा […]

महाशिवरात्रिमा पशुपति क्षेत्रलाई बिजुली बत्ती र फूलले सजाइने

काठमाडौँ- पशुपतिनाथ मन्दिरमा यस वर्षको महाशिवरात्रिका अवसरमा बिजुली बत्ती र फूलले विशेषरूपमा सजाइने भएको छ । पशुपति क्षेत्रका मुख्य चार प्रवेशद्वारमा बिजुलीका ढोका बनाई त्यसभित्र बत्तीको सजावट गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए । उमाकुण्ड, भुवनेश्वरी, गौशाला र तिलगङ्गामा बिजुली बत्तीको ढोकासहित त्यसभित्र झिलीमिली बनाइने उनले बताए । पशुपतिनाथको […]

बाली जोगाउन किसानको नयाँ जुक्ति : रातभर खेतबारीमा झिलिमिली बत्ती

बँदेल, नीलगाई र बाँदरलगायतका वन्यजन्तुले अन्न तथा तरकारी बाली खाएर सखाप पार्न थालेपछि धनुषाका किसानले नयाँ जुक्ति अपनाएका छन् । यहाँका किसानले खेतबारीमा झिलिमिली बिजुली बत्ती बालेर वन्यजन्तुको उपद्रोबाट बालीनाली जोगाउन नयाँ उपाय लगाएका हुन् । दीपावलीमा घर झिलिमिली बनाउन प्रयोग गरिएका बिजुली बत्ती अहिले यहाँका किसानले जङ्गली जनावर धपाउन उपयोगमा ल्याएका हुन् । झिलिमिली बत्ती देखेर बँदेल, नीलगाई र बाँदरलगायतका वन्यजन्तु खेतबारीमा नआउने र उत्पादन गरेको अन्न तथा तरकारी बाली जोगिने किसानले बताएका छन् । दिउँसो रेखद...

कैलाशका ३५० घुरधुरीमा बिजुली पुगेपछि स्थानीय खुसी

बझाङ : नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रशारण लाइन पुगेपछि जयपृथ्वी नगरपालिका–१ कैलाशका ३५० घुरधुरीमा बिजुली बत्ती बल्न थालेको छ। दुर्गम गाँउमा बिजुली पुगेपछि स्थानीय खुसी भएका छन्। नगरपालिका भए पनि यस ठाउँका बासिन्दा वर्षौदेखि झरो र सोलार बालेर दैनिकी चलाउँदै आएका थिए। रविन्द्र विकले गाउँघरमा बिजुली पुग्दा नयाँ युगमा प्रवेश गरेको अनुभूति भएको बताए। ‘गाउँमा बत्ती नभएकाले मोबाइल चार्जसम्म हुँदैन थियो,’ उनले भने, ‘अब त्यो समस्या हट्यो। अहिले घर घरमा बिजुली बत्ती