सत्तारुढ गठबन्धन आबद्ध विद्यार्थी संगठनहरुले सरकारलाई चार बुँदे मागसहितको ज्ञापन पत्र पेश गरेका छन् । उनीहरुले दार्चुलाको ब्याँस गाउँपालिका-२ मालघाटका जयसिंह धामी विदेश जानका लागि भारतीय शसस्त्र प्रहरीले तुइन काटिदिएपछि नदीमा बगेर बेपत्ता भएको घट्नाका विषयमा भारतीय अपराधिक कार्यको विरोध गर्दै भारतीय पक्षसँग तत्काल स्पष्टीकरण सोध्ने तथा घट्नाको छानविन गरी तुइन काट्ने व्यक्तिलाई कारवाही गर्न र भारतीय ज्यादती रोक्न पहिलो बुँदामार्फत संयुक्त विद्यार्थी संगठनले माग गरेको छ ।