एशियन हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा पुस २७ मा, छैन लाभांश प्रस्ताव

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले पुस २७ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । सभा द ईन्ट्रान्स क्याफे, चाकुपाट, ललितपुरमा दिउँसो साढे १२ बजे शुरु हुनेछ। सभाले कम्पनीको ‘क’ समूहका शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरूको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायत प्रस्ताव पारित गर्नेछ ।  साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गर्नेछ । यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

सम्बन्धित सामग्री

स्वाभिमान लघुवित्तको सातौं वार्षिक साधारण सभा फागुन २० मा, छैन लाभांश प्रस्ताव

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा फागुन २० गते गर्ने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालयमा तिलोत्तमा-५, रूपन्देही मा अपराह्न ११ बजे शुरु गर्ने जानकारी दिएको छ । सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यस्तै सभाले 'घ' वर्गका वित्तीय संस्थासँग मर्जर वा प्राप्ति गर्न/गराउन उपयुक्त देखिएमा सोसम्बन्धी सम्पूर्ण आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।  कम्पनीले गत आवको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छैन । साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन ११ गते बुक क्लोज गरेको छ । यस बुक क्लोजको आधारमा फागुन १० गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

सानिमा रिलायन्स लाईफको वार्षिक साधारण सभा माघ ११ मा, छैन लाभांश प्रस्ताव

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा माघ ११ गते गर्ने भएको छ । सभा काठमाडौंको नक्साल भाटभटेनीस्थित आम्रपाली ब्याक्वेटमा उक्त दिन बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको छ । सभाले आर्थिक वर्ष (आव) २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७९/८० कोे लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यस्तै सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस बुक क्लोजको आधारमा पुस २५ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफा लाभांश प्रस्ताव गरेको छैन ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

अरुण काबेली पावरको वार्षिक साधारण सभा पुस २६ मा, छैन लाभांश प्रस्ताव

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले १३औं वार्षिक साधारण सभा पुस २६ गते बोलाएको छ । सभा मैत्री हल, इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर, काठमाडौंमा उक्त दिन बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण प्रस्ताव गरेको छैन । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

शिवम् सिमेन्ट्सको  १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित

शिवम् सिमेन्ट्स लिमिटेडले आ.व. २०७८/०७९ को सातौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रबारका हेटौंडामा भएको साधारण सभाले आव २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई १०.५३ प्रतिशत (करसहित) नगद लाभांश वितरण...

एनसेलको साधारण सभा कात्तिक २५ मा

काठमाडौँ – एनसेल आजियाटा लिमिटेडले कात्तिक २५ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लाभांश प्रस्ताव पेश गर्नेछ । कम्पनीले लाभांश दर भने उल्लेख गरेको छैन । साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, […]

आँखुखोला जलविद्युत् कम्पनीको वार्षिक साधारण सभा असार १२ गते

जेठ १८, काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले वार्षिक साधारण सभा असार १२ गते गर्ने भएको छ ।  कम्पनीले आव २०७६/७७ र २०७७/७८ को संयुक्त वार्षिक साधारण सभा गर्न लागेको हो । सभा असार १२ गते बिहान ११ बजे अर्पण ब्यांक्वेट थापागाँउमा गर्ने जानकारी दिएको हो ।  कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले संयुक्त वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।  साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ २७ गते बुक क्लोज गर्ने जानकारी गराएको छ ।  यस आधारमा जेठ २६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

सोल्टी होटलद्वारा वार्षिक साधारण सभा प्रयोजनको लागि बुक क्लोज

कात्तिक ३, काठमाडौं । सोल्टी होटल लिमिटेडले ४७ औं वार्षिक साधारण सभा प्रयोजनको लागि मंसिर ६ गतदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।  यस बुक क्लोजको आधारमा कात्तिक ५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।  कम्पनीले ४७ औं वार्षिक साधारण सभा  मंसिर २८ गते गर्ने भएको छ । सभा बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय ताहाचल, काठमाडौंमा हुने छ । यस वर्ष शेयरधनीलाई कुनै पनि लाभांश प्रस्ताव नगरेको कम्पनीले बताएको छ  ।   कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सगरमाथा इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गरिने

काठमाडौँ / सगरमाथा इन्स्योरेन्सले २४ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले यही आर ३० गते बुधबारका दिन, प्रधान कार्यालय, नक्साल, काठमाडौँमा बिहान ११