काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले ११औं वार्षिक साधारण सभा पुस २५ गते गर्ने भएको छ । सभा काठमाडौंको लाजिम्पाटस्थित क्यापिटलको सभाहलमा उक्त दिन बिहान १०ः३० बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको हो । सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले गत अर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले कम्पनीको अधिकृत चुक्ता पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्तव पारित गर्नेछ । त्यस्तै सभाले कम्पनीको हकप्रद शेयर निष्कासन गर्नेसम्बन्धी प्रस्तावबारे छलफल गरी पारित गर्नेछ ।