जेठ १८, काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले वार्षिक साधारण सभा असार १२ गते गर्ने भएको छ ।
कम्पनीले आव २०७६/७७ र २०७७/७८ को संयुक्त वार्षिक साधारण सभा गर्न लागेको हो । सभा असार १२ गते बिहान ११ बजे अर्पण ब्यांक्वेट थापागाँउमा गर्ने जानकारी दिएको हो ।
कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले संयुक्त वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ २७ गते बुक क्लोज गर्ने जानकारी गराएको छ ।
यस आधारमा जेठ २६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।