काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा फागुन २० गते गर्ने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालयमा तिलोत्तमा-५, रूपन्देही मा अपराह्न ११ बजे शुरु गर्ने जानकारी दिएको छ । सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले 'घ' वर्गका वित्तीय संस्थासँग मर्जर वा प्राप्ति गर्न/गराउन उपयुक्त देखिएमा सोसम्बन्धी सम्पूर्ण आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले गत आवको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छैन । साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन ११ गते बुक क्लोज गरेको छ । यस बुक क्लोजको आधारमा फागुन १० गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।