कात्तिक ३, काठमाडौं । सोल्टी होटल लिमिटेडले ४७ औं वार्षिक साधारण सभा प्रयोजनको लागि मंसिर ६ गतदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
यस बुक क्लोजको आधारमा कात्तिक ५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले ४७ औं वार्षिक साधारण सभा मंसिर २८ गते गर्ने भएको छ । सभा बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय ताहाचल, काठमाडौंमा हुने छ । यस वर्ष शेयरधनीलाई कुनै पनि लाभांश प्रस्ताव नगरेको कम्पनीले बताएको छ ।
कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।