बिजुली पुग्दै रुकुम पूर्वका दुर्गम गाउँमा

काठमाडौँ । रुकुम (पूर्व)का दुर्गम गाउँहरूमा पनि केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्दै छ। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम पूर्वले जिल्लाको दुर्गम गाउँहरूमा विद्युत् लैजान काम तीव्र बनाएको छ। २०७६ असोजमा नेपाल विद्युत् प्राधिकरणले रुकुम पूर्वको लागि वितरण केन्द्र सिस्ने गाउँपालिका-५ रुकुमकोटमा कार्यालय स्थापना गरेको थियो। त्यसयता ग्रामीण समुदायको बाहुल्यता रहेको रुकुम पूर्वका लागि केन्द्रीय प्रसारण […]

सम्बन्धित सामग्री

चितवनको दुर्गम गाउँ मायाटारमा बिजुली पुग्यो

चितवनको इच्छाकामना गाउँपालिका–२ को दुर्गम गाउँ मायाटारमा पहिलो पटक विद्युत् सेवा पुगेको छ।

अन्द्राणीमा झलमल्ल बिजुली

बाजुराको गौमूल गाउँपालिकाको दुर्गम गाउँ अन्द्राणीमा पहिलो पटक बिजुली बलेको छ । दुर्गम गाउँमा उज्यालो अभियान अन्तर्गत कादुरी एग्रिकल्चरल एन्ड एसोसिएसन ब्रिटिस गोर्खाज नेपालले दुई वटा वडामा बिजुली पु¥याएको हो ।

जुगल फेदीको गुम्बा, क्याङसिङ, अम्बा खर्कमा बल्यो बिजुली

सिन्धुपाल्चोककै कर्णाली भनेर चिनिने जुगल गाउँपालिका–३ को अति दुर्गम गाउँ गुम्बा, क्याङसिङ, अम्बा खर्कमा पहिलो पटक बिजुली बत्ती बलेको छ । उक्त गाउँमा पहिलो पटक बिजुली बत्ती बलेपछि स्थानीयमा हर्षको सीमा नै छैन ।

धिपधिप गाउँलेको बिजुली

लोडसेडिङको मारले सहरबजार आक्रान्त भइरहने बेला स्थानीय खोलानदीबाट उत्पादित लघु जलविद्युत् आयोजनाको बिजुलीले पहाडी जिल्लाका दुर्गम गाउँ झलमल्ल हुन्थे । आफू अनुकूलको समयमा घर–घरमा बत्ती बाल्न मात्रै नभई इलेक्ट्रिकल उपकरणको प्रयोग सहज बनाएका आयोजना गाउँलेका लागि  कुटानीपिसानी मिल चलाएर दैनिकी सहज बनाउन सहज थिए ।

सडक, बिजुली र सञ्चार नपुगेकाे कञ्चनपुरकाे दुर्गम गाउँ ‘खल्ला मसेट्टी’

कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मा रहेकाे खल्ला मसेट्टी अहिले पनि यातायातका सञ्जालसँग जोडिएको छैन । विकासको पूर्वाधारबाट पछाडि परेको यो ठाउँ सडक सञ्जाल, विद्युत्, सञ्चारलगायत सेवा–सुविधाबाट वञ्चित छ ।  सदरमुकामबाट उत्तरतर्फ चुरेफेदमा करिब २० किलोमिटर टाढा रहेको यो बस्तीमा न यातायातको सहज पहुँच छ न त विद्यालय र खानेपानी नै छ । मोबाइलमा प्रायः नेटवर्क हुँदैन भने भएको बिजुलीको पनि भर हुँदैन । महेन्द्रनगरबाट करिब १३ किमी ब्रह्मदेवसम्म सुविधासम्पन्न सडक छ । ब्रह्मदेव कटेपछि यहाँ पुग्न कठिन ...

विद्यालयमै पोसाक पाएपछि खुसीले दंग बने शिकारीवासका विद्यार्थी

पर्सा : मध्य तराईको सुगम जिल्ला पर्साको दुर्गम गाउँ शिकारीबासको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीको लागि बिहीबार निकै खुसीको दिन बन्यो।बिजुली बत्तीसमेत नपुगेको र राज्यका हरेक सुविधाहरुबाट बञ्चित शिकारीवास गाउँको सो विद्यालयका छात्रछात्राले विद्यालयमा नै पोसाक पाएपछि उनीहरुका लागि त्यो दिन खुसीको दिन बनेको हो।ती विद्यार्थीहरुको मुहारमा हाँसो भने स्थानीय जिम्मेवार पालिका वा दाताहरुबाट नभई भोलेन्टियर नेपालले दिलाएको हो। त्यो संस्थाले शिकारीवासको श्री नेराप्राविका ५५ जना विद्यार्थी

म्याग्दीको दुर्गम गाउँ मुदीमा बिजुली

म्याग्दी । वर्षौंदेखि टुकीको मधुरो उज्यालोमा जीवन बिताउन बाध्य पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा बिजुली बत्ती पुगेको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले मुदीमा विद्युत् विस्तार गरेको हो । प्राधिकरण म्याग्दी विद्युत् वितरण केन्द्रका सूचना अधिकारी रवीन्द्र भण्डारीका अनुसार संघ र प्रदेश सरकारको संयुक्त बजेटमा मुदीका २ सय घरमा विद्युतीकरण भएको छ । यसअघि सोही वडाको खाम्ला, खारा र बाँसबोट लगायत गाउँका ६५ घरमा बिजुली पुगिसकेको उनले बताए । केन्द्रीय विद्युत् लाइन वितरणका लागि मुदी र खाम्लामा एक/एक सय केभीए क्षमताका दुइओटा ट्रान्सफर्मर राखिएका छन् । धवलागिरिको ताकम, मच्छिम, फलियागाउँ, मुना र दर हुँदै केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ । मुदीमा सडक विस्तार नहुँदै धवलागिरि गाउँपालिकाले २०७६ सालमा हेलिकोप्टरबाट दुईओटा ट्रान्सफर्मर ढुवानी गरेको थियो । बिजुली बलेसँगै उज्यालोका लागि सोलार र मट्टीतेलको टुकी बत्तीमा निर्भर हुनुपर्ने बाध्यता हटेको स्थानीय टेकबहादुर घर्तीले बताए । विद्युत् विस्तारले घरायसी काम, विद्यार्थीलाई अध्ययनमा सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालनको अवसर सृजना हुने उनको भनाइ छ । धवलागिरि गाउँपालिकाको ‘उज्यालो पालिका’ कार्यक्रम अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताइन् । उनका अनुसार मुदी र मुनाका सबै घरमा विद्युतीकरण भएपछि गाउँपालिकालाई उज्यालो पालिका घोषणा गर्ने तयारी छ । पालिकाका सबै घरमा केन्द्रीय प्रसारण लाइन, लघु जलविद्युत् र सौर्य ऊर्जामध्ये एक माध्यमबाट विद्युत् सुविधा पु¥याउने गाउँपालिकाको योजना रहेको अध्यक्ष पुनको भनाइ छ । उज्यालो पालिका कार्यक्रम अन्तर्गत गाउँपालिकाका ५० घरमा ५० वाटको सोलार बत्ती जडान गरिएको छ ।

उज्यालो बन्यो पश्चिम म्याग्दी : दुर्गम गाउँ मुदीमा झिलिमिली बिजुली

असार २०, म्याग्दी । वर्षौदेखि टुकीको मधुरो उज्यालोमा जीवन बिताउन बाध्य पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ४ मुदीका वासिन्दाहरुको घर मात्रै होइन अनुहार पनि उज्यालो बनेको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले मुदीमा विद्युत् विस्तार  गरेसँगै शनिवारदेखि मुदीका प्रत्येक घरमा केन्दीय प्रशारण लाइनको विजुली बलेको हो । प्राधिकरण म्याग्दी विद्युत् वितरण केन्द्रका सूचना अधिकारी रविन्द्र भण्डारीका अनुसार संघ र प्रदेश सरकारको संयुक्त बजेटमा मुदीका २०० घरमा विद्युतिकरण भएको छ । यसअघि सोही वडाको खाम्ला, खारा र बाँसबोट लगायत गाउँका ६५ घरमा विद्युतिकरण भइसकेको उनले बताए । केन्द्रीय विद्युत् लाइन वितरणका लागि मुदी र खाम्लामा १००/१०० केभिए क्षमताको दुई ओटा ट्रान्सफर्मर राखिएको छ । धवलागिरीको ताकम, मच्छिम, फलियागाउँ, मुना र दर हुँदै केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ । मुना हुँदै मुदी र खाम्लासम्म बिजुली पुर्‍याउन मेन लाइनमा १०० ओटा पोल प्रयोग भएको छ । भने मुदीमा वितरण लाइनमा ८२ ओटा पोल प्रयोग भएको छ । त्यस्तै मुदीको घना वस्तीमा १४ ओटा पोलमा एबीसी केबल मार्फत विद्युत् प्रवाह गरिएको छ ।  मुदीमा सडक विस्तार नहुँदै धवलागिरी गाउँपालिकाले वि.सं.०७६ पहिलो हप्ता हेलिकीटरबाट दुई ओटा ट्रान्सफर्मर ढुवानी गरेको थियो । बिजुली बलेसँगै उज्यालोको लागि सोलार, मट्टीतेलको टुकीमा निर्भर हुने बाध्यता हटेको स्थानीय टेकबहादुर घर्तीले बताए । घरायसी काम, विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको उनको भनाइ छ । धवलागिरी गाउँपालिकाको उज्यालो पालिका कार्यक्रम अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष थमसरा पुनले जानकारी दिइन् । उनका अनुसार मुदी र मुनाका सबै घरमा विद्युतीकरण भएपछि गाउँपालिकालाई उज्यालो पालिका घोषणा गर्ने तयारी छ । पालिकाका सबै घरमा केन्द्रीय प्रसारण लाइन, लघु जलविद्युत् र सौर्य उर्जा मध्ये एक माध्यमबाट विद्युत् सुविधा पुर्‍याउने गाउँपालिकाको योजना रहेको अध्यक्ष पुनको भनाइ छ । उज्यालो पालिका कार्यक्रम अन्तर्गत गाउँपालिकाका ५० घरमा ५० वाटको सोलार बत्ती जडान गरिएको छ । यसअघि धवलागिरको वडा नम्बर ७ ,वडा नम्बर ६ मराङ केही घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत पुगेको छ । मुना स्थित गाउँपालिकाको कार्यालयमा केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण भइसकेको छ । शनिवार मुदीको धलडाँडामा रहेको नेपाल टेलिकमको टावरमा पनि विद्युत् विस्तार गरिएको छ । २०७६ कात्तिकमा वडा नम्बर २ लुलाङमा गाउँपालिकाले लघुजलविद्युत् परियोजनामा ५० लाख रुपैयाँ र वडा नम्बर ४ बगरमा गाउँपालिकाको ४० लाख र अमेरिकन अन्जिओको २० लाख सहयोगमा २० किलोवाट क्षमताको सौर्य उर्जा मार्फत विद्युतीकरण गरिएको छ । सोही अमेरिकन संस्थाको सहयोगमा गाउँपालिकाको वडा नम्बर ४ चेचुङमा १६ किलोवाट क्षमताको सौर्य उर्जामार्फत विद्युतीकण गरिएको छ । सोही वडाको खिबाङमा कादुरी संस्थाको सहयोगमा २० किलोवाटको लघुजलविद्युत् परियोजनाबाट विद्युत विस्तार गरिएको छ । गाउँपालिकाले पोल खरीदका लागि बुलसम्म ३० लाख रुपैयाँ, वडा नम्बर ७ धारापानीमा ४० लाख र ताकममा ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसैगरी गुर्जा, मल्कबाङ र मराङमा लघुजलविद्युत् परियोजनाबाट विद्युतीकरण गरिएको छ । गाउँमा विजुली बलेपछि मुदीका वासिन्दाहरु हर्षित भएका छन् ।

कालिकोटको दुर्गम गाउँ फागुटीमा वैशाखसम्ममा बिजुली बल्ने

कालिकोट : कालिकोटको पलाता गाउँपालिकास्थित दुर्गम गाउँ फागुटीमा विद्युत् सेवा पुग्ने भएको छ। विकासका दृष्टिकोणले अत्यन्तै पछाडि परेको फागुटीमा आगामी वैशाखसम्ममा बिजुली बल्ने भएको हो। विगत १८ वर्षदेखि निर्माणाधीन भुची खोला लघुजलविद्युत आयोजनाको काम अन्तिम चरणमा छ। आयोजना सम्पन्न भएपछि पलाताको ७ वडामा पर्ने धौलागोह फागुटीका स्...