१५ दिन हिँडेर नुन ल्याउने रुम गाउँको विकास अनुभव : 'अहिले त २/४ पाइला हिड्न पनि अल्छी लाग्छ'

गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका–२ रुमका टेकबहादुर विक ७९ वर्षको भए । उमेरले आठ दशक छुनै लागे पनि स्वच्छ खानपानले उनी अझै हट्टाकट्टा छन् । फरासिला विकले जीवनका अधिकांश समय ढुङ्गाखानीबाट घर छाउनी ढुङ्गा निकाल्दै, गाईभैंसी र भेडाबाख्राको गोठालो लागेरै बिताए ।  विकसँग जीवनका अनेकौँ भोगाइ छन् । उतिबेला उनले भोगेका कैयौँ अनुभव अहिले विक आफैँलाई नौला लाग्छन् । उनले भोगेका सयौँ अनुभवमध्ये एउटा यस्तो अनुभव छ जो विक कहिल्यै भुल्दैनन् । चौध दिनको पैदलयात्रा गरेर बुटवल पुगेर नुन बोकेर उपभोग गरेको अनुभव उनको मानसपटलमा अझै ताजै छ । उनले यो दुःख चाहेर पनि भुल्न सक्दैनन् ।  दुर्गम गाउँ रुम सरकारी निकायको ध्यान कम पुगेको गाउँ । विकासका कुनै पनि पूर्वाधारले नजोडिएको अवस्थामा गरेका अनेकौँ सङ्घर्षपछि बल्ल गाउँसम्म बिजुलीबत्ती र सडक पुगेको छ । गाउँमा यसरी मोटर गाडी गुड्ला, बिजुलीबत्तीले गाउँ घर झिलिमिली होला भन्ने उनले कहिल्लै कल्पना गरेका थिएनन् । तर अहिले गाउँघरमै सरर गाडी गुड्दा, बिजुलीबत्तीले झिलिमिली हुँदा विक दङ्ग छन् । विकमात्रै होइन गाउँमै सडक गाडी, बिजुली, स्वास्थ्यचौकी, विद्यालयलगायतका विकासका पूर्वाधार पुगेपछि यहाँका बासिन्दाको खुसीको सीमा नै छैन । सडक बनेर गाडीमार्फत बुटवल र चितवनलगायतका ठाउँबाट घरदैलोमै खाद्यान्नलगायतका आवश्यक चिज आउन थालेपछि उमेरले ७० वसन्तपार गरेका यहाँका वृद्धवृद्धाले विकास भनेको कस्तो हुँदोरहेछ भन्ने कुरा महसुस गर्न पाएका छन् । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र तथा मालिका गाउँपालिकाको केन्द्र दरबाङबाट दुईतर्फी सडक गाउँमा पुगेपछि यस क्षेत्रका बासिन्दाको जीवनमा खुसियाली छाएको हो । 'हाम्रो ठाउँमा यस्तो विकास होला भन्ने त मैले कहिल्यै सोचेको थिएन, तर अहिले त हेर्नुस् गाडी सरर चल्छन्, बिजुलीबत्ती पनि थिएन त्यतिबेला, हामीले त सिठा र दियालो बालेर उज्यालो गराउँथ्यौँ, अहिले बिजुलीले झिलिमिली छ, एकदिन लाइन आएन भने अन्धकारमा बसेजस्तो हुन्छ', रुमबेलीका मेखबहादुर पुनले भने, 'बटौलीमा गाडी देख्दा डराउँथ्यौँ, अहिले त के को डराउनु अली तल जानुपर्‍यो भने हिँड्नै मन लाग्दैन, गाडीमै जाने भन्ने हुन्छ, गाडी नहुँदा, धेरै टाढा हिँडियो, अहिले सुविस्ताले गर्दा दुई/चार पाइला पनि हिँड्न गाह्रो लाग्छ ।' जिल्ला सदरमुकाम बेनीबजार आवतजावत गर्न चार दिन लागेको सुनाउँदै तत्कालीन समयमा यहाँका जनताले निकै दुःख पाएको पुन सुनाउँछन् । 'कागजपत्रको काम गर्न बेनी जानुपथ्र्यो, उतिबेला गाडीको बाटो आएकै थिएन, हिँड्दै जानुपथ्र्यो, यहाँबाट हिँडेर बेनीपुग्दा दुई दिन, फर्किंदा दुई दिन लाग्थ्यो, बाटोमा चोर लाग्थे, निकै डर पनि हुन्थ्यो, आइमाई केटाकेटीलाई झन धेरै समस्या हुन्थ्यो', पुनले भने, 'अहिले त बिहान सरर गाडीमा गयो, साँझ खाना खान घरै आइन्छ, यस्तो सुविधा होला भन्ने त कसले सोचेको थियो होला र ?' अहिले गाउँगाउँमा मोटर गाडी आउन थालेपछि १५ दिन लगाएर नुन ल्याउनुपर्ने बाध्यता हटेको भन्दै यसले आफ्नो चोली फेरिएको जस्तो भएको पुनले बताए । 'पहिलेको दुःखलाई सम्झिँदाखेरी त अहिले जुनी फेरिएको जस्ता लाग्छ, पहिलो कस्ता थिए ती दिन ?, अहिले कस्तो भयो ?, उतिबेला भोगेको दुःखलाई सम्झिँदा अहिले त कथा जस्तो लाग्छ', पुनले भने, 'अहिले त सबथोक छ, के छैन ?, उतिबेला घ्यु बोकेर १५/१५ दिन लगाएर बटौली पुगेर नुन, चामल बोकेर आउने दिन गए, अहिले त घरमै जे भन्यो त्यही एकै छिनमा आउँछ ।' खच्चड र मानिसले नै बोकेर खाद्यान्नलगायतका सामान ढुवानी गर्दै आएका स्थानीयवासीले सडकले सिधा सम्पर्क जोडिएसँगै गाउँमा उत्पादन हुने उपजलाई सहज बजारीकरणमा सुविधा पुग्ने भएपछि उत्साहित बनेका छन् । मालिका गाउँपालिकाको दक्षिणी भेगमा पर्ने रुम गाउँ २० दशमलव ७४ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । बागलुङ जिल्लासँग सिमाना जोडिएको यो गाउँमा ३ हजार ७०३ जनसङ्ख्या छ । यहाँ मकै, कोदो, गहुँ, जौ, फापर आदिको राम्रो खेती हुन्छ । यस क्षेत्रमा उत्पादन हुने कृषिउपज, स्लेट ढुङ्गा र भेडाबाख्राको बजारीकरणमा सडक सञ्जालले टेवा पुर्‍याएको मालिका गाउँपालिका–२ रुमका वडाध्यक्ष उदयकुमार बुढाथोकीले बताए । –ध्रुवसागर शर्मा/रासस

सम्बन्धित सामग्री

निर्वाचन पर्यवेक्षणका लागि १५ दिन भित्र आवेदन दिइसक्नु पर्ने

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि आवेदन माग गरेको छ। आगामी ४ मंसिरमा हुन गइरहेको निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूले १५ दिनभित्र आयोगमा पर्यवेक्षण अनुमतिका लागि आवेदन माग गरेको हो ।संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, संस्थाको विधानको प्रतिलिपि, संस्था नवीकरण भएको निस्साको प्रतिलिपि, संस्थाका कार्यसमितिका पदाधिकारीहरूको विवरण, राष्ट्रिय वा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको अनुभव भए सोको प्रमाण पेस गर्नुपर्ने आयोगद्वारा आज जारी सूचनामा उ

बैंकिङ करियर बनाउने अवसर : सिन्धु विकास बैंकले माग्यो प्रबन्धक पदमा कर्मचारी

जेठ १०, काठमाडौ । सिन्धु विकास बैंकले सम्बन्ध अधिकारी/प्रबन्धक पदका लागी कर्मचारी माग गरेको छ । कम्पनीले चितवन र पालुङ (मकवानपुर) स्थित शाखाहरूका लागि कर्मचारी आवश्यक भएको जानकारी दिएको छ । उक्त पदमा दरखास्त दिन मान्यता प्राप्तबाट विश्वविद्यालय बाट व्यवस्थापनमा न्यूनतम स्नातक डिग्री गरेको हुनुपर्ने  छ । आवेदन दिन ईच्छुक नेपाली नागरिकले आफ्नो वायोडाटासहित शैक्षिक प्रमाणपत्र, नागरिकता, अनुभव पत्र र पार्सपोर्ट साइजको फोटोसहित कम्पनीको मेल ठेगानामा १५ दिन भित्र आवेदन दिन सकिनेछ ।

गर्मीसँगै पंखाको माग बढ्यो, यस्ता छन् नेपाली बजारमा पाईने पंखा

चैत २६, काठमाडौं। गर्मी मौसम शूरु भएसँगै गर्मी मौसममा लगाईने लुगादेखि शितल दिने वस्तुको माग बढ्नु स्वाभाविक नै हो । गर्मीमा उपभोक्ताको मागलाई दृष्टिगत गर्दै बजारमा गर्मी लक्षित समानहरू उपलब्ध छन् । केहि समय अगाडि हिटर र गिजर जस्ता सामानले भरिने पसल गर्मी बढेसँगै पंखा, एसीलगायतका सामानले भरीभराउ बनेका छन् ।   नेपाली बजारमा उपलब्ध फ्यानका यस्ता छन बिशेषता गर्मीयाममा बढि बिक्री हुने एउटा समान हो पंखा । नेपाली बजारमा राष्ट्रिय तथा अन्तरराट्रिय ब्रान्डका पंखाहरु बिक्री भइरहेका छन । हाल बजारमा बिभिन्न ब्राण्डका सस्तादेखी निकै महंगा पंखा उपलब्ध रहेका व्यवसायी बताउँछन् । सिलिङ फ्यान भनिने ठूला आकारका फ्यान, भित्ते फ्यान टेबल फ्यान तथा स्ट्याण्ड फ्यान बजारमा छन ।   हातमै लिएर हिड्न मिल्ने पोर्टएवल फ्यान, ब्याकअप सहितका फ्यान  तथा रिमोट कन्ट्रोल लगायतका फिचर भएका फ्यान समेत बजारमा छन् । त्यस्तै चिसोमा तातो र गर्मीमा चिसो हावा दिने मल्टिफंसन फ्यान पनि बजारमा बिक्री हुने गरेका छन् । व्यवसायीहरुका अनुसार बिगतमा लोडसेडिङका कारण साना तथा ब्याट्री ब्याकअप भएका पंखाको माग धेरै हुने गरेको थियो । विद्यूतको सहज आपूर्ती भएसंगै ग्राहकको रोजाइमा सुविधायुक्त पंखा पर्ने गरेका छन् । काठमाडौमा भाडाका घरमा बस्ने विद्यार्थी तथा रोजगारी गर्ने व्यक्तिको रोजाईमा टेवल फ्यान पर्ने गरेको व्यापारीहरुको अनुभव छ । तुलानात्मक हिसाबले चैत, वैशाख, जेठ महीनामा यस्ता पंखाको माग धेरै हुने गरेको विक्रेता सुस्मा सुवेदी बताउँछिन् । यस्ता सामग्री हरेकका लागी निकै उपयोगी हुने र एकपटक खरीद गरेपछि वर्षौं टिक्ने भएकाले उपभोक्ताको आकर्षण बढ्दै गएको उनी बताउँछिन् । पंखाले बिजुली कम खपत हुने, बिग्रिएपछि निश्चित समयको वारेन्टी पाइने भएकाले ग्राहकको रोजाइमा पर्ने सुवेदीले बताईन्।   मूल्य र अफर पंखाको उपयोग गर्मी महीनामा धेरै हुने भएकाले यो सामानहरुमा विक्रेताले विभिन्न अफरहरु प्रदान गर्दै आएको भाटभटेनी सूपर्मार्केटकी एक स्टाफले बताईन् । उनका अनुसार केहि दिनयता ईल्लोक्ट्रोनिक सामानहरुमा विभिन्न अफर दिएको छ । एउटा पंखा किन्दा ग्राहकले २० प्रतिशत देखी ३० प्रतिशत सम्म छुट पाउने गरेका छन् । नयाँ वर्ष नजिकिदै गर्दा यस्ता अफर अझै बढ्ने देखिन्छ । बजारमा २ हजारदेखि ६ हजार मूल्य सम्ममा पंखा विक्री भइरहेका छन् ।  हाल बजारमा बाल्ट्रा, सिजी, रानी, यसोदाअल्फा ईलेक्ट्रोकोर, कोनका, वेगा लगायत ब्रान्डका पंखाहरु उपलब्ध छन् । यी पंखाहरुमा कम्पनीले १ वर्षसम्मको वारेन्टी दिने गरेका छन् । गत महिनाको तुलनामा यो महिना पंखाका ग्राहकहरु बढेको १०/ १५ दिन पछिअझै बढ्ने नेपाल विद्यूतीय सामाग्री व्यापार सघंका अध्यक्ष सुदर्शन पैडेल बताउँछन् । उनका अनुसार नेपालमा सबैभन्दा धेरै सिलङ् फ्यान विक्री  हुने र दोस्रो धेरै विक्री हुने स्ट्यान्ड फ्यान हुन् ।  फ्यानको प्रकृति हेरेर र धेरै गर्मी हुने ठाउँ हेरेर त्यसको स्पिड अनुसार पनि विक्री हुने गरेको उनले बताए । धेरै गर्मी हुने ठाउँमा स्पिड पनि धेरै भएको फ्यान चाहिने र कम गर्मी हुने ठाउँमा स्पिड कम भएकै फ्यानले पनि काम चल्ने उनको भनाइ थियो । पौडेलले फ्यानले खरिद गर्दा त्यसले खपत गर्ने विद्युत्, त्यसमा दिएको वारेन्टी तथा कस्तो ब्राण्ड हो भन्ने बुझेर खरीद गर्नुपर्ने बताए । धेरै फिचर हुँदैमा वा महंगो हुदैमा राम्रो हुने होईन त्यसैले गूणस्तर हेरेर ब्राण्ड छनौट गर्ने उनले सुझाव समेत दिए। उनका अनुसार नेपाली बजारमा विशेष गरी भारतीय र चिनियाँ ब्रान्डका फ्यानहरु रहेका छन । त्यस्तै अन्य मुलुकबाट पनि फ्यान आयात हुने गरेको उनको भनाइ छ ।

विभिन्न ३ ओटा कम्पनीमा ३४ जानालाई रोगारीको अवसर

चैत २५, काठमाडौँ । फरक-  फरक कम्पनीमा रोजगारीको लागि ३४ जनाको  माग भएको छ । जेआईसिए नेपाल,  माथिल्लो त्रिशुली जलविदुत आयोजना र बिओके क्यापिटल मार्केट लिमिटेड गरी तिन कम्पनीमा रोजगारी खुलेको हो । जेआईसिए नेपालले कम्पनीको प्रशासनिक अधिकारी पदका लागि १ जना कर्मचारी माग गरेको हो ।  रसद/खरीद/सुरक्षा व्यवस्थापनको लागि उम्मेद्वार आवश्यक भएको कम्पनिले जनाएको छ । कम्पनीले खरिद कार्यहरू ह्यान्डल गर्न एक जना कर्मचारी चाहिएको जानकारी दिएको छ ।  ईच्छुक नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको ९ दिन भित्र कम्पनीको वेबसाइटमा गएर फर्म दर्ता गर्न सकिनेछ । माथिल्लो त्रिशुली जलविदुत आयोजनाले  सिभिल टेक्निसियन पदमा ५ जना, मेकानिकल टेक्निसियनमा ३ जना लगायत विभिन्न १५ ओटा प्रविधिक तहका लागी ३२ जाना कर्मचारी आवश्यक भएको जानकारी दिएको छ । ईच्छुक नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको ७ दिन भित्र विज्ञापनमा उल्लेखित ठेगानामा आवेदन दिन सकिनेछ । बिओके क्यापिटल मार्केट लिमिटेडले प्रमुख कार्यकारी अधिकृतको पदका लागि आवेदन दिन आवह्रन गरेको छ ।  क्यापिटलले इन्भेष्टमेन्ट बैंकिङसँगै मर्चेन्ट बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको यस क्यापिटलले उच्च गतिशील, ऊर्जावान, समर्पित, व्यावहारिक र कार्यसम्पादन उन्मुख उम्मेद्वारहरू (नेपाली नागरिक) बाट प्रमुख कार्यकारीको रूपमा राजधानीको नेतृत्व गर्नका लागि आवेदन आह्वान गरेको छ। क्यापिटलले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर गरी मर्चेन्ट बैंकिङ र क्यापिटल मार्केटको क्षेत्रमा कम्तिमा ८ वर्षको अनुभव भएको साथै व्यवस्थापन वाणिज्य/ वित्त/ मा न्यूनतम स्नातकोत्तर डिग्री प्राप्त गरेको हुनुपर्नेछ । त्यसैगरी, लेखा/ अर्थशास्त्र/ तथ्याङ्क/ व्यापार प्रशासन वाणिज्य कानून विषयमा स्नातकोत्तर गरेको उम्मेदवारहरूले मात्र आफ्नो आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।  ईच्छुक नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको १५ दिन भित्र कम्पनीको मेल आईडमा आवेदन दिन सकिनेछ ।

सिजि नेटले १५ दिन ‘फ्री ट्रायल’ दिने

सिजि नेटले नयाँ इन्टरनेट जडान गर्ने उपभोक्तालाई ‘फ्री ट्रायल अफर’ दिने भएको छ । यो अफर अन्तर्गत नयाँ प्रयोगकर्ताहरूले सिजि नेट जडानमा १५ दिनको निःशुल्क परीक्षण सुविधा पाउनेछन् । यसबाट नयाँ प्रयोगकर्ताहरूले परीक्षण अवधिको रुपमा १५ दिन इन्टरनेट चलाउदा कुनै शुल्क लाग्ने छैन । यसरी उपभोक्तालाई १५ दिनसम्मको निशुल्क परीक्षण अवधि दिने आफुहरु पहिलो सेवाप्रदायक कम्पनी भएको सिजि नेटले जनाएको छ ।सिजि नेटका प्रमुख कार्यकारी अधिकृत संजय पोखरेलले प्रयोगकर्ताहरूले उच्च गतिको इन्टरनेट निःशुल्क अनुभव

पूँजीबजारको नियामक निकायका प्रमुखहरुको नियुक्ति प्रक्रिया एकै पटक अगाडि बढ्यो

कात्तिक १३, काठमाडौं । सरकारले पूँजीबजारको नियामक निकायका दुई जना प्रमुखहरुको नियुक्ति प्रक्रिया एकै पटक अगाडि बढाएको छ । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया गत बिहीवार सूचाना प्रकाशित गर्दै अगाडि बढाएको छ भने नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्न पनि प्रक्रिया शुरु गरिसकेको छ । भीष्मराज ढुङ्गानालाई अध्यक्षबाट बर्खास्त गरेपछि सरकारले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया शुरु गरेको हो । नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदबाट चन्द्र सिंह साउदले राजीनामा दिए पछि सो पद पनि खालि छ । बुक विल्डिंग विधिमार्फत प्राथमिक शेयर निष्कासनको प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको शेयर खरीद गरेको खुलासा भए पछि सरकारले ढुङ्गानालाई बर्खास्त गरेको थियो भने नेप्से प्रमुख आफैं राजीनामा दिएर बाहिरिएका थिए । धितोपत्र बोर्डको अध्यक्षका लागि इच्छुक नेपाली नागरिकहरुले १५ दिनभित्र अर्थात् कात्तिक २५ गतेभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा गोप्य शिलबन्दी आवेदन दिन सक्नेछन् ।  धितोपत्र बजार व्यवस्थापन, पूँजीबजार विकास, आर्थिक वित्तीय वाणिज्य व्यवस्थापन वा कानून क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको उच्च नैतिक चरित्र भएको नेपाली नागरिकले सो पदका लागि आवेदन दिन सक्नेछन् । साथै धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११ बमोजिम अयोग्य नरहेको र तीन वर्ष पूरा भइ ६० वर्ष उमेर ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।  अर्थ मन्त्रालयले अध्यक्ष नियुक्तिका लागि छनौट समिति बनाएको छ । उक्त समितिले दाबेदारहरुमध्ये बाट कम्तीमा तीन जनाको नाम सिफारिस गर्नेछ । ती तीन जना मध्येबाट मन्त्रिपरिषद्ले बोर्ड अध्यक्ष नियुक्ति गर्नेछ । यसैगरी सरकारले नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि पनि सार्वजनिक सूचना मार्फत दरखास्त आह्वान गरेको छ । उक्त पदका लागि १५ दिन भित्रमा शिलबन्दी बोलपत्र आवेदन माग गरिएको छ । खुला प्रतिस्पर्धाबाट नेप्सेको सीईओ नियुक्ति प्रक्रिया अगाडि बढाएको हो। प्रमुख कार्यकारी अधिकृत बन्न इच्छुक नेपालीले आफ्नो योग्यता पुग्ने कागजपत्रका साथै व्यवसायिक कार्ययोजनासमेत पेश गर्नु पर्नेछ । उक्त पदकालागि बजार व्यवस्थापन, पूँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानून क्षेत्रमा सात वर्ष काम गरेको अनुभव हुनु पर्ने छ ।आवेदक ३० वर्ष पूरा भई ६० ननाघेको हुनुपर्ने छ । दरखास्त आवेदनसँगै ३ हजार रुपैयाँ दरखास्त दस्तुर तिर्नु पर्नेछ । आवेदन दिने म्याद भने कात्तिक २७ गतेसम्म रहेको छ । यसअघि दुवै पदमा नियुक्तिका लागि अर्थ मन्त्रालयले छुट्टाछुट्टै समिति गठन गरेको थियो । कुनै  कानूनी अड्चन वा अन्यथा नभएमा सम्भवतः दुवै नियमनकारी निकायले नियुक्ति प्रक्रिया मंसिर महीनाभित्र सम्पन्न भएर पुसबाट प्रमुख पाउने छन् ।

कोरोना अनुभव : दिमागबाट त्रास हटाउनैपर्ने रहेछ

काठमाडौं : केही समयअघि एक जना स्वास्थ्यकर्मीले भन्नुभएको थियो, 'यदि आफू बिरामी भएको कुरा आफन्तलाई सुनाउनु नपर्ने हो भने बिरामी अलिक चाँडै निको हुनसक्छ।'रोग लागेर उपचाररत बिरामीलाई हालखबर सोध्ने नाममा हामी अनावश्यक मानसिक तनाव थप्दा रहेछौँ। दया देखाउँदा रहेछौँ। हामीले गर्ने मायाभित्र ऊर्जा, मनोबल बढ्ने तत्व होस्‌। तर, तनाव र दया नहोस्‌।कोरोना लाग्छ भन्ने थियो। तर, कहिले?भन्दाभन्दै लक्षणहरू देखापरे। १५ दिन कोठाभित्रै बसेँ, बन्दीजस्तै भएँ।कोरोना लागेकोबारे सीमित व्यक्तिल

अमिताभको स्वास्थ्य स्थिर, सुनाए दुई हप्ते आइसोलेसन बसाईको अनुभव

कोरोना संक्रमित बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। अमिताभ जुलाई ११ मा मुम्बईको नानावती अस्पताल भर्ना भएका थिए। आज अस्पतालमा आइसोलेसन बसाई १५ दिन पुगिसक्दा उनको स्वास्थ्य अवस्था स्थिर छ। आइसोलेसन बसाईका क्रममा सामाजिक सञ्जालमा सक्रिय अमिताभले आइतवार आफ्नो अनुभव शेयर गरेका छन्। अस्पतालको

बैंगलोरमा देखिएका केही आर्थिक पक्ष

गत महिना छिमेकी राष्ट्र भारतको बैंगलोर सहरमा करिब १५ दिन भ्रमण गर्ने अवसर मिल्यो । नेपाल वायुसेवा निगमको नियमित उडानबाट जान सकिने गन्तव्य करिब तीन घण्टाको उडानमा बैंगलोर पुगिने रहेछ । पछिल्लो समय आर्थिक विकासमा निकै अगाडी बढेको भारत तथा त्यसको एक महत्वपूर्ण सहर जसलाई आईटी सिटीका रूपमा परिचित छ त्यसको केही आर्थिक पक्षको गतिविधि अनुभव गर्ने मौका मिल्यो ।

व्यवसायी र उपभोक्ता जोड्दै अटो शो - Karobar National Economic Daily

काठमाडौं : हरेक वर्ष जब अटो शो सुरु हुन्छ तब दसैं लागेको धेरैलाई अनुभव हुन्छ । दसैं आउन करिब १५ दिन बाँकी हुँदा नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले सवारी तथा सवारीजन्य…