कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मा रहेकाे खल्ला मसेट्टी अहिले पनि यातायातका सञ्जालसँग जोडिएको छैन । विकासको पूर्वाधारबाट पछाडि परेको यो ठाउँ सडक सञ्जाल, विद्युत्, सञ्चारलगायत सेवा–सुविधाबाट वञ्चित छ ।
सदरमुकामबाट उत्तरतर्फ चुरेफेदमा करिब २० किलोमिटर टाढा रहेको यो बस्तीमा न यातायातको सहज पहुँच छ न त विद्यालय र खानेपानी नै छ । मोबाइलमा प्रायः नेटवर्क हुँदैन भने भएको बिजुलीको पनि भर हुँदैन । महेन्द्रनगरबाट करिब १३ किमी ब्रह्मदेवसम्म सुविधासम्पन्न सडक छ । ब्रह्मदेव कटेपछि यहाँ पुग्न कठिन ...