लोडसेडिङको मारले सहरबजार आक्रान्त भइरहने बेला स्थानीय खोलानदीबाट उत्पादित लघु जलविद्युत् आयोजनाको बिजुलीले पहाडी जिल्लाका दुर्गम गाउँ झलमल्ल हुन्थे । आफू अनुकूलको समयमा घर–घरमा बत्ती बाल्न मात्रै नभई इलेक्ट्रिकल उपकरणको प्रयोग सहज बनाएका आयोजना गाउँलेका लागि कुटानीपिसानी मिल चलाएर दैनिकी सहज बनाउन सहज थिए ।