विभिन्न कारणले नागरिकता पाउन नसकेकाहरुले संसद भवनको गेटमा धर्ना दिने चेतावनी दिएका छन् । महिला कानुन र विकास मञ्चले बुधबार गरेको भर्चुअल छलफल कार्यक्रममा उनीहरुले पुनःस्थापित प्रतिनिधि सभाले नागरिकता ऐन पास नगरे आन्दोलन गर्नेदेखि मृत्युवरण गर्नेसम्मको चेतावनी दिएका हुन् ।धनुषाका इन्द्रजित साफीले २०७२ सालदेखि नागरिकता प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय धाएपनि अहिलेसम्म नागरिता पाउन नसकेको समस्या पोख्दै अब संसद भवनको गेटमा धर्ना बस्नुको बिकल्प नभएको बताए । उनले नागरिकता नपाई मर्नुपरे पनि संसद