संसद भवन वरपर पुलिसै पुलिस

६ फागुन, काठमाडौं । एमसीसीको विरोधमा आज पनि प्रदर्शन हुने सम्भावनालाई मध्यनजर गर्दै संसद भवन वरपरका क्षेत्रमा प्रहरीको तैनाथी बढाइएको छ । संसद भवनको मुख्य गेट, नयाँबानेश्वर चोक, एभरेष्ट होटल लगायतका क्षेत्रमा उल्लेख्य संख्यामा प्रहरीहरु खटाइएको छ । नयाँबानेश्वर चोकमा प्रदर्शनकारीमाथि प्रयोग हुने पानीको फोहोरा हान्ने गाडी तैनाथ गरिएको छ । बिहान केहीबेर संसद भवन […]

सम्बन्धित सामग्री

बानेश्वरमा एमसीसी विरुद्ध प्रदर्शन जारी, तस्बिरहरु

आज बस्ने प्रतिनिधि सभा बैठकबाट एमसीसी परियोजनासम्बन्धी सम्झौता पारित गर्ने तयारी भइरहँदा नयाँ बानेश्वरमा एमसीसी विरोधी प्रदर्शन जारी रहेको छ । एमसीसीविरोधी प्लेकार्डसहित यतिबेला मानिसहरू सडकमा नाराबाजी गरिरहेका छन् ।यता एमसीसी विरुद्धको प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ । विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो ।

एमसीसी पारित गर्ने तयारी, बानेश्वरमा सुरक्षा व्यवस्था कडा

विभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने भएपछि सरकारले काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि बिभिन्न दलले विरोधको कार्यक्रमहरु राखेका छन् ।  विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो ।

माइतीघरदेखि बानेश्वरसम्म ठूलो संख्यामा प्रहरी तैनाथ

बिभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने भएपछि सरकारले काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि बिभिन्न दलले विरोधको कार्यक्रमहरु राखेका छन् ।  विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो । एमसीसीलाई लिएर सत्तारुढ दलहरुबीच मतभेद र

एमसीसी छलफल हुन लाग्दा संसद भवन घेराउमा अघि बढेका प्रदर्शनकारी (तस्बिर/भिडिओ)

सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा माओवादी र एकीकृत समाजवादीनिकट भ्रातृ संगठनलगायतले बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीको समूह संसद भवन घेराउ गर्न अगाडि बढिरहेको छ । संसद भवन वरपर जनपथ र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ ।

संसद भवन वरपर सुरक्षा ‘हाइ अलर्ट’ (तस्बिरहरू)

प्रतिनिधिसभा बस्ने समय नजिकिँदै गर्दा संसद भवन आसपास निगरानी बढाइएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको चारै कुनामा जनपद र सशस्त्र प्रहरीको टोली बसेको छ ।

अमेरिकाको संसद भवन अगाडि आक्रमण, एक प्रहरी अधिकारीको मृत्यु

२१ चैत, काठमाडौं । अमेरिकाको संसद भवन (युएस क्यापिटल बिल्डिङ) अगाडि भएको आक्रमणमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । केही घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । यो घटनापछि संसद भवन वरपर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ …