संसद भवन क्षेत्रमा बढाइयो सुरक्षाकर्मी

काठमाडौँ । एमसीसीविरूद्ध हुने प्रदर्शनलाई लक्षित गरी संसद भवन वरपरको क्षेत्रमा सुरक्षाकर्मीहरु बढाइएको छ । संसद भवन अगाडिको सडकमा निषेधित क्षेत्र घोषणा गरेर प्रहरीले बार लगाएको छ । नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहितका ६ कम्युनिष्ट पार्टीले नेपालमा जारी एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकाल्दै आज संसद भवन घेराउ गर्दैछन् ।

सम्बन्धित सामग्री

अर्थमन्त्री ब्रिफकेस बोकेर संसद भवन प्रवेश

काठमाडौं, १५ जेठ । अर्थमन्त्री जनार्दन शर्मा आर्थिक वर्ष २०७९/०८० को बजेट ब्रिफकेससहित संघिय संसद भवन प्रवेश गरेका छन् । अर्थमन्त्री शर्मा ब्रिफकेस बोकेर नयाँ बानेश्वरस्थित संसद भवन प्रवेश गरेका हुन् । आज केही बेरमा बजेट भाषण हुँदैछ । Photo : Mukunda Kalikote

संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु कागज र इँँटा

काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडिको सडकमा राखिएको शंकास्स्पद वस्तु कागज र इँटाको टुक्रा रहेको पुष्टि भएको छ।...

संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय

नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ।

संसद भवन अगाडि कुकर बम फेला

नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा शंकास्पद वस्तु भेटिएको छ।

संसद भवन अगाडि ‘नो एमसिसी’ लेखिएको शंकास्पद बस्तु फेला

काठमाडौँ – संसद भवन अगाडि प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद बस्तु भेटिएको छ । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुल सडकमा शंकास्पद वस्तु भेटिएको काठमाडौँ प्रहरीले जनाएको छ । अहिले सो क्षेत्रको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । सडकमा आवतजावत रोकेर शंकास्पद बस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोलीलाई बोलाइएको प्रहरीले जनाएको छ […]

प्रधानमन्त्री देउवा पुगे संसद भवन

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा बानेश्वरस्थित संसद भवन पुगेका छन् । आज १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक तोकिएको समय अघि नै देउवा संसद भवन पुगेका हुन् । आज बसेको सत्ता गठबन्धनको बैठकले पनि आज एमसीसी टेबुल गराउन निर्णय गरेको थियो । सरकारले आजै एमसीसी टेबल गर्ने तयारी गरिरहेको छ । एमसीसीको […]

बैठक सुरु हुनअघि नै संसद भवन पुगे देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ बानेश्वरस्थित संसद भवन पुगेका हुन् । संसद बैठक १ बजेका लागि बोलाइएको छ भने त्यसअघि नै देउवा संसद भवन पुगेका हुन् । सरकारले आजै एमसीसी टेबल गर्ने तयारी गरेको छ भने त्यसका लागि एजेण्डा तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ ।  यसअघि बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी संसदमा टेबल गर्ने सहमति जुटेको थियो ।

संसद भवन वरपर पुलिसै पुलिस

६ फागुन, काठमाडौं । एमसीसीको विरोधमा आज पनि प्रदर्शन हुने सम्भावनालाई मध्यनजर गर्दै संसद भवन वरपरका क्षेत्रमा प्रहरीको तैनाथी बढाइएको छ । संसद भवनको मुख्य गेट, नयाँबानेश्वर चोक, एभरेष्ट होटल लगायतका क्षेत्रमा उल्लेख्य संख्यामा प्रहरीहरु खटाइएको छ । नयाँबानेश्वर चोकमा प्रदर्शनकारीमाथि प्रयोग हुने पानीको फोहोरा हान्ने गाडी तैनाथ गरिएको छ । बिहान केहीबेर संसद भवन […]

अष्ट्रेलियाको संसद भवन अगाडि प्रदर्शन, आठ जना पक्राउ

२६ साउन, काठमाडौं । जलवायु परिवर्तन विरुद्ध प्रभावकारी कदमको माग गर्दै अष्ट्रेलियाको राजधानी क्यानबेरामा प्रदर्शन भएको छ । मंगलबार संसद भवन र प्रधानमन्त्री स्कट मौरसिनको निवास अगाडि प्रदर्शनमा उत्रिएका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रदर्शनकारीहरुले संसद भवन अघि बच्चालाई राखेर हिंड्ने सामानमा आगजनी गर्दै विरोध जनाएका थिए । अष्ट्रेलियाका प्रधानमन्त्री […]

सुरक्षाको कारण देखाउँदै अमेरिकी संसद भवन बन्द

एजेन्सी । वासिङ्गटन डिसीस्थित अमेरिकी संसद भवन बन्द गरिएको छ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले पदभार सम्हाल्नु दुई दिन पहिले सुरक्षाको कारण देखाउँदै संसद भवन बन्द गरिएको हो । संसद भवनमा ६ जनवरीमा डोनाल्ड ट्रम्पका समर्थकहरुले आक्रमण गदाए ५ जनाको मृत्यु भएको थियो ।अहिले संसद भवन वरिपरि हज्जारौ नेशनल गार्ड तैनाथ गरिएको छ । अहिले संसद भवनका कर्मचारीहरुलाई सतर्क अवस्थामा राखिएको छ । संसद भवन परिसर बन्द रहेको छ र कसैलाई भित्र–बाहिर गर्न दिइएको छैन । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले