काठमाडौं : बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै क्रिकेटर सन्दीप लामिछानेले दिएको निवेदनमा बिहीबार पनि सुनुवाइ भएन। उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ मा परेको हो। गत साता पनि पेसी तोकिएको थियो। तर नेपाल बार एशोसिएसनको स्थापना दिवस परेपछि सन्दीप पक्षकै कानुन व्यवसायीले पेशी स्थगित गरेका थिए। आफू निर्दोष भएको दाबी गर्दै आएका लामिछाने