कोशी सरकारविरुद्धको रिटमा आज पनि भएन सुनुवाइ

२५ असार, काठमाडौं । कोशी सरकारविरुद्ध नेकपा एमालेले दिएको रिट सोमबार पनि सुनुवाइ भएन । तटस्थ भूमिकामा रहेका सभामुख बाबुराम गौतमको समेत समर्थन लिएर कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि गत शुक्रबार एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दिएका थिए । तर उक्त रिटमाथि आइतबार र सोमबार दुबै दिन सुनुवाइ हुन सकेन […]

सम्बन्धित सामग्री

खतिवडाले हेर्न नमानेपछि भएन कोशी सरकारविरुद्धको पूर्ण सुनुवाइ

विराटनगर । कोशी प्रदेश सरकारविरुद्धको रिटउपर अन्तिम सुनुवाइ आज नहुने भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले हेर्न नमानेपछि सुनुवाइ सरेको हो । यसअघि प्रारम्भिक सुनुवाइमा पनि खतिवडा रहेकाले आफू पूर्णसुनुवाइमा रहेर उक्त रिट हेर्न नहुने निर्णयमा उनी पुगेका थिए । पूर्ण सुनुवाइको लागि आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा उक्त रिट परेको […]

संविधान संशोधन नभए आन्दोलनमा जान्छौँ : अध्यक्ष यादव

इनरुवा : संविधान संशोधन नभए आन्दोलनमा जाने समाजवादी पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरमा आज आयोजित कार्यक्रममा अध्यक्ष यादवले आफ्नो पार्टीको प्रमुख माग नै संविधान संशोधन भएकाले संविधान संशोधन भएन भने आन्दोलनमा जानुको विकल्प नरहेको बताए। उनले सबै जातजाति, भाषाभाषीको अधिकार संविधान संशोधनको माध्यमबाट

कोशीमा मुख्यमन्त्रीले आज विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गर्नुभएको विश्वासको मत लिने प्रस्ताव बिहीबार निर्णयार्थ प्रस्तुत नगरी शुक्रबार प्रस्तुत गर्ने गरी बैठक स्थगित भएको छ । बिहीबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव गरी छलफलसमेत सकिसकेको अवस्थामा मुख्यमन्त्री नै प्रदेश सभाबाट बाहिरिएपछि बिहीबार मुख्यमन्त्रीको प्रस्ताव निर्णयार्थ प्रस्तुत नहुने अवस्था उत्पन्न भएको हो । प्रदेश सभा सचिवालयले प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिने प्रस्तावसँगै निर्णयार्थ प्रस्तुत हुने कार्यसूची प्रकाशन गरेको थियो तर बैठकमा उक्त प्रस्ताव निर्णयार्थ पेस भएन ।