काठमाडौँ । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता मोहम्मद आफताब आलमको मुद्दामाथि आज (शुक्रबार) पनि सर्वोच्च अदालतमा सुनुवाइ भएन । सर्वोच्च अदालतमा उक्त मुद्दामाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि महान्यायाधिवक्ताको कार्यालयले माग गरेबमोजिम सुनुवाइ स्थगित भएको छ । विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेत गरेको सम्बन्धी मुद्दाका सम्बन्धमा हिरासतमा रहेका आलमले जमानतमा […]