काठमाडौं, १५ साउन । नेकपा माओवादी केन्द्रको कारबाहीबाट पदमुक्त भएका चार पूर्वसांसदको रिटमाथि आज पनि सुनुवाइ भएन । उक्त रिटमाथि शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएपनि रिट निवेदक पक्षका कानुन व्यवसायीकै मागअनुसार पेसी स्थागित गरिएको सर्वोच्च अदालतले जनाएको छ । पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले सांसदका रुपमा कायम […]